animated ellipse animated ellipse

लैङिगक समानता ल्याउन मोरङमा दलका नेता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ मंसिर २०७९, शुक्रबार ११:१०
126
Shares
विराटनगर / मोरङका राजनैतिक दलका नेता, पालिका प्रमुख र प्रशासकिय अधिकृतहरुले समाजमा लैङिगक समानता ल्याउने प्रतिबद्धता जनाएका छन् ।

दलित महिला केन्द्रले विराटनगरमा आयोजना गरेको लैङिगक समानताकालागि महिला जनप्रतिनिधिहरुको राजनैतिक सहभागीताबारे अन्तरक्रियामा दलका नेता र पुरुष जनप्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

एकिकृत समाजबादी प्रदेश १ का सदस्य कविराज घिमिरेले घरदेखि दलसम्म महिलाहरुलाई नेतृत्वमा अवसर दिन सकेमात्र समाजबाट लैङिगक असमानता हटेर समानता आउने भएकोले आफु र आफनो पार्टी त्यसकालागि सजग र सचेत रहने प्रतिबद्धता गरे ।

माओबादी केन्द्र मोरङका संयोजक विजय विश्वासले जनयुद्ध र जनआन्दोलनपछि निर्माण भएको २०७२ को संबिधानले महिलालाई अधिकार दिएपनि पुरुषबादी चिन्तनमा परिवर्तन आउन नसक्दा समाजमा अझै लैङिगक समानता आउन नसकेको हो भने । उनले समाजमा विद्यमान सबैखाले असमानता हटाउन माओबादी केन्द्र सधै तत्पर रहेको र रहिरहने बताए ।

नेपाली काँग्रेस मोरङका सह–सचिव भुवनेश्वर राजवंशीले अवसर पाएमा महिलाहरुले सफल रुपमा नेतृत्व निर्वाह गर्न सक्छन भन्ने प्रशसक्त्त उदाहरण भैसकेकालेउनीहरुलाई घर दल दुवैमा अवसर दिन आफुहरु तयार रहेका छौ भने । जनता समाजबादी पार्टी मोरङका नेता राधे कामतले महिलाहरुलाई नेतृत्व दिन सबै राजनैतिकदलहरुहरु प्रतिबद्ध हुनुपर्नेमा जोड ।

उर्लाबारी नगरपालिका प्रमुख गंगा खरेलले लैङिगक समानता ल्याउन महिलाहरुलेमात्र आवाज उठाएर पुग्दैन भन्दै पुरुषहरुले पनि अग्रसर भएर उनीहरुको हक अधिकारकालागि लडनुपर्नेमा जोड दिए । सुन्दरहरैचा नगरपालिका प्रम्ख केदारप्रसाद गुरागाईले पनि राजनैतिक दलहरुले चिन्तनमा परिवर्तन नगर्दा महिलाहरुको अवसर कुण्ठित भैरहेको बताए । उनले आफुले गर्ने सबै नीतिहरु महिलालाई प्राथमिकता दिएर निर्माण गराएर कार्यान्वयन गराउने प्रतिबद्धता जनाए ।

कटहरी गाउँपालिका अध्यक्ष देवराजचौधरीले महिलाहरुले नेतृत्वमा अर्थपुर्ण सहभागिता पाएमात्र समाजमा लैङिगक समानता आउने बताउदै आफुहरुले बजेट र नीति बनाउँदा महिला अधिकारबारे बिशेष ख्याल गरिरहेको र गरिरहने बताए ।

बेलबारी नगरपालिका प्रम्ख डिपी राईले महिलाहरुले ‘ सक्दिन’ भनेर हिन भावना राखेर हैन सधै ‘सक्छु ’ भनेर अगाडी बढे नेतृत्वमा सधै सफलहुने विश्वास व्यक्त्त गरे ।

रंगेली नगरपालिका उपप्रम्ख झुमा पराजुलीले अझै पनि बजेट र नीतिहरु निर्माण गर्दा महिलाहरुलाई उपेक्षा गर्ने चलन कायमै रहेको बताइन् ।
केरावारी गाउँपालिका उपाध्यक्ष मनमाया मगरले अवसर पाए महिलाले नेतृत्व सक्छन भन्ने उदाहरण आफु नै भएको प्रस्ट पारिन । उनका अनुसार पहिले वडा सदस्य रहेकी उनी हाल उपप्रम्खमा निर्वाचित हुन सफल भएकी हुन् ।

रंगेली नगरपालिका प्रशासकियअधिकृत ओमकारप्रसाद न्यौपानेले कागजी शब्दावलीमै सिमित राखिरहँदा व्यवहारमा लैङिगक समानता आउन नसकेको बताए । उनले बजेट र नीति बनाउने मात्र नभै व्यवहारमा कार्यान्वयन गराउन सकेमात्र महिलाहरुले नेतृत्व प्राप्तगर्न सक्ने बताए ।

अधिवक्त्ता दिनेश घलेले सबै कुरा राजनीतिलाई मात्रै छाडेर परनिर्भर हुन खोज्दा समाजमा लैङिगक समानता आउन नसकोको हो भने । उनले समाजमा राजनीति जस्तै समाजिक , भाषिक , साँस्कृतिक आदिनीतिहरु पनि समान रुपमालागु हुन सकेमात्र लैङिगक समानता आउने बताए । समाजमा अझै पित्त सत्ताका दबदबाव कायमै रहेकोले समाजमा लैङिगक समानता प्राप्ती चुनौती बनिरहेको प्रस्टयाए ।

लैङिगक समानता र निर्वाचित जनप्रतिनिधिहरुको राजनैतिक सहभागीता अभिबृद्धीबारे उक्त्तअन्तरक्रियामा मोरंङका नौ वटा पालिकाहरुका प्रम्ख , उपप्रम्ख र प्रशासकिय अधिकृत सहित राजनैतिकदलका जिल्ला नेताहरु सहभागी थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर