लागुऔषधसहित ५ जना पक्राउ

खबर पूर्वाञ्चल, ८ असार २०७७, सोमबार १२:५३

विराटनगर / झापा र सुनसरीमा लागुऔषधसहित ५ जना पक्राउ परेका छन् ।

झापाको कमल गाउँपपालिका ५ स्थित पाडाजुंगी गौरीगंज सडकखण्डबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा खयरवारीका २१ बर्षीय सेरा अली सोही स्थानका २३ बर्षिय अन्नतप्रसाद गणेश र कमल गाउँपपालिका ५ का २० बर्षिय दिपेश थापा रहेका छन् । उनीहरुलाई हिजो बेलुका ५ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाईकलमा सवार गरी आएका तीनै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट प्लाष्टिकको पोकामा लुकाई छिपाई राखिएको २८ ग्राम ९७ मिलिग्राम लागुऔषध खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको हो । साथमा नगद ६ हजार रुपैया ,२ थान मोबाईल र उनीहरु सवार गरी आएको दुई वटा पल्सर मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।

यसैगरी सुनसरीको बराहक्षेत्र ८ शेरे चौकबाट दुई जनालाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र ७ पिपलगाछीका २१ बर्षीय अनिल धामी र धरान १७ का २२ बर्षीय विशाल भुजेल रहेका छन् ।

मोटरसाईकलमा सवार गरी आईरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट डाइजालाव११, एम्पुल, इभिल ११ एम्पुल र लुपिजेसिक ११ एम्पुल लागुऔषध फेला पारी बरामद गरिएको हो ।

साथै उनीहरु सवार गरी आएको १ थान पल्सर मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५