पूर्वाञ्चल खबर

विद्यालय क्रिकेटलाई सशक्त बनाउने केटी खेलाडीहरूलाई क्रिकेटमा समान अवसर दिने र युवा खेलाडीहरूलाई पेशागत क्रिकेटतर्फ आकर्षित गर्ने यस प्रतियोगिताको मुख्य लक्ष्य भएको अध्यक्ष श्रेष्ठले बताए ।
यो प्रतियोगितामा विराटनगरका आदर्श बालिका, श्री आदर्श मावि, जनपथमावि, श्री माध्यमिक मावि, विराट बहिरा मावि र सुशिक्षा निकुञ्ज गरि ६ वटा सामुदायिक विद्यालयको सहभागिता रहेको थियो । विद्यालय स्तरीय प्रतियोगिता अन्तर्गत केटा र केटी दुवै तर्फका प्रतियोगिताहरू सञ्चालन गरिएको हरेक खेल १० ओभरको खेलाइएको थियो । क्रिकेट विथआउट बाउन्ड्रिजका स्वयंसेवकहरूले सहयोग गरेका थिए ।