पूर्वाञ्चल खबर

ठाकुरले नेपाल पत्रकार महासंघ मोरङको समावेशी सह–सचिवमा र उमाले महिला उपाध्यक्षको दावेदार गर्दा गर्दै उनीहरुलाई संगठनले वेवास्ता गरेपछि बागी उम्मेदवारी दिएका थिए ।
नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस यूनियन मोरङ र प्रेस सेन्टरको संयुक्त गठबन्धन बनेको छ । उक्त गठबन्धनको आधिकारीक उम्मेदवारमा महिलातर्फ उपाध्यक्ष युनियनकी तारा आचार्य र समावेशी सह–सचिवमा सेन्टरका अनिल श्रेष्ठलाई अगाडी सारिएको छ । उमाले आफ्नै संगठनको आधिकारीक उम्मेद्वार आचार्यविरुद्ध उपाध्यक्षमा र ठाकुरले गठबन्धनका आधिकारीक समावेशी सह–सचिवका उम्मेदरवार श्रेष्ठविरुद्ध बागी उम्मेदवारी दर्ता गराएपछि प्रेस यूनियनले कारवाहीको सिफारिस केन्द्रीय कार्यालयमा पठाएको प्रेस युनियन मोरङका अध्यक्ष भोजराज बस्नेतले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
‘आधिकारीक उम्मेदवारविरुद्ध बागी हालेपछि निलम्बनको सिफारिस गरिएको हो,’ अध्यक्ष बस्नेतले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
यता निलम्बरमा परेकी उमाले यो निलम्बर हास्यपद रहेको टिप्पनी गरिन् । उनले भनि मैले महिला उपाध्यक्षमा पहिलेदेखिनै दावेदार गर्दा गर्दै संगठनले मलाई एक बचन नसोधि हचुवाको भरमा उम्मेदवार छाने पछि मैले असन्तुष्टि जनाउँदै बागी उम्मेदवार दिएकोे बताइन् । अर्का बागि उम्मेदवार ठाकुरले संगठनले मलाई ढिलो कारवाही गरेको जनाए । कारवाही संगठनको प्रक्रिया मात्र रहेको ठाकुर बताउँछन् ।