AArya
RUMPUM
animated ellipse animated ellipse

झोराहाटमा योगमाया नाटक मञ्चन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ बैशाख २०७८, आईतवार १८:१०
3
Shares
विराटनगर/ झोराहाट नाटकघरमा योगमाया नाटकको मञ्चन सम्पन्न भएको छ ।

झोराहाट नाट्य समूहको आयोजनामा गत चैत २३ गते सुरु भएको नाटकको आजदेखि विधिवत रुपमा समापन गरिएको हो । कवि तथा कलाकार भरत गुरागाईं ‘बर्बरिक’ लेखन तथा प्रदीप सरदारको निर्देशनमा मञ्चन भएको नाटकमा दीपा पोखरेल, निराशा ढुंगेल, प्रवेश तिम्सिना, मनिषा बराल, प्रज्वल पाठक, सुजाता राई, विमल सम्बाहाम्फे, डेविड विष्ट, रञ्जु खत्री, पूजा कटुवाल, सञ्जय गिरी, दीपक निरौला र सञ्जय मुडियारीले अभिनय गरेका थिए ।

मञ्च परिकल्पनाकारमा सुदीपजंग कार्की, ध्वनि र प्रकाश परिकल्पनामा सुरज माझी, चन्दन माझी र विजय थारु रहेका थिए । योगमायाको जीवनीमा आधारित नाटकले महिला जागृतिलाई उजागर गरेको वरिष्ठ साहित्यकार प्राज्ञ विवश पोखरेलले बताए । समापन समारोहका प्रमुख अतिथिसमेत रहेका पोखरेलले योगमायाहरुकै योगदान र बलिदानीका कारण अहिले नेपालका विभिन्न तह र तप्कामा महिलाका अधिकार सुनिश्चित भएको दाबी गरे । उनले भने, “योगमायाहरुकै योगदानको जगमा टेकेर अहिले राष्ट्रपति मात्रै होइन प्रधानन्यायाधीश र सभामुखसमेत महिला भएका छन् ।”

झोराहाट नाट्य समूहका अध्यक्षसमेत रहेका नाटकका लेखक बर्बरिकका अनुसार चाँडै नै इटहरी, इनरुवा, गौरादह, भोजपुरको मझुवागढीमा समेत सो नाटक मञ्चन गरिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर