animated ellipse animated ellipse

विराटनगरमा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण हुने , देशभरका ५ सय मानिस सहभागी हुदै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ पुष २०७९, बिहीबार १९:३८
189
Shares
विराटनगर / विराटनगरमा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रम हुने भएको छ ।

विराटनगरको पाञ्चालीमा रहेको लक्ष्मीनारायण मन्दिर एवं लक्ष्मीनारायण वेद विद्याश्रम र नेपाल शिक्षण परिषदको सहकार्यमा १० दिवसीय संस्कृत भाषा प्रशिक्षण र ४ दिवसीय प्राज्ञ आचार्य स्वाध्याय वर्ग प्रशिक्षण (गुरुकुलका शिक्षकहरुको तालिम) हुन लागेको हो ।

तालिममा देशभरका ३ सय गुरुकुलका प्रतिनिधिहरु सहभागी हुने बताइएको छ । यहि पुष १० देखि २१ गते सम्म चल्ने कार्यक्रममा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रम हुन लागेको हो ।

लक्ष्मीनारायण मन्दिर एवं लक्ष्मीनारायण वेदविद्याश्रमका पिठाधिस अच्युत प्रपन्नाचार्यले आज साँझ विराटनगरमा पत्रकार सम्मेलन गरी कार्यक्रमका बारेमा जानकारी दिए आधुनिक एवं पराम्परागत विद्यालय , गुरुकुल प्रकृतिका माध्यमिक, उच्च माध्यमिक र विश्वविद्यालयमा नेपाली राष्ट्रियताको बोध कसरी गराउने , विद्यालयहरुमा नेपाली राष्ट्रिय भाषा र संस्कृतिको जगेर्नाका लागि के कस्ता कार्यक्रम ल्याउन सकिन्छ भन्ने विषयमा कार्यक्रम केन्द्रीत रहने जानकारी दिइयो ।

विराटनगरमा हुने कार्यक्रममा देशभरका ५ सय जना मानिसहरु प्रशिक्षण कार्यक्रममा सहभागी हुने र यसका लागि सम्पूर्ण तयारी पुरा भएको पिठाधिस प्रपन्नाचार्यले जानकारी दिए।

विराटनगरमा यति ठूलो मासमा हुन लागेको यो कार्यक्रमले देशमा भइरहेको संस्कृत र नैतिक शिक्षाको आचरणमा सघाउ पुग्ने विस्वास आयोजक पक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर