पूर्वाञ्चल खबर
निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोल, डिजेल तथा मट्टितेलमा मुल्य घटाउने निर्णय गरेको हो ।

आजै मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको हो । योसँगै काठमाण्डौ पोखरा र दिपायलमा पेट्रोलको १६० र मट्टीतेलको १४६ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा पेट्रोलको १५९ र मट्टीतेलको १४५ रुपैयाँ पर्नेछ ।
त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीगञ्जमा भने पेट्रोलको १५७ रुपैयाँ ५० पैसा र मट्टीतेलको १४३ रुपैयाँ ५० पैसा पर्नेछ ।