खबर पूर्वाञ्चल
खोटाङ रावावेशी गाउँपालिका ४ का २७ बर्षीय समिर गुरुङ र संखुवासभाको चैनपुर नगरपालिका ४ का ३२ बर्षीय श्यामकुमार लिम्बुलाई ३ केजी दुर्लभ बनस्पती यार्सागुम्बासहित पक्राउ गरेको हो । सो स्थानमा दुर्लभ बनस्पती यार्सागुम्बाको अबैध रुपमा कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा प्रादेशिक अनुसन्धान समूह विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीवाट खटिएको प्रहरी टोलीले यार्सागुम्बासहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि तरहरा सव डिभिजन वन कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
उनीहरुको बारेमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।