पूर्वाञ्चल खबर

सहरी यात्रालाई दिगो र प्रविधिमैत्री बनाउने उद्देश्यले ल्याइएको यस स्कुटरले १२५ किलोमिटरको रेन्ज दिने जनाइएको छ । बिक्रेताका अनुसार १४ इन्चको फ्रन्ट ह्विल प्रयोग गरिएको यस स्कुटरमा ३४ लिटरको विशाल बुट स्पेस, ८४५ मिमी लामो सिट, १६९ मिमी ग्राउन्ड क्लियरेन्स र क्रुज कन्ट्रोल जस्ता विशेषताहरू छन् ।
साथै हिल होल्ड असिस्ट, मोबाइल एप कनेक्टिभिटी, टर्न–बाइ–टर्न नेभिगेसन, चोरी र दुर्घटना अलर्ट जस्ता अत्याधुनिक सुरक्षा फिचरहरू पनि यसमा समावेश रहेका बिक्रेतले जनाएको छ । नेपाली बजारमा तीन रङमा उपलब्ध यस स्कुटरको २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको छ ।