खबर पूर्वाञ्चल
मन्त्री अधिकारीले यातायात व्यवस्था सेवा कार्यालय विराटनगर–४ स्थित कार्यालयमा मोरङको रानी, सुनसरीको भाण्टावारी र झापाको चारआलीको सवारी पटक वाटो इजाजत राजश्व संकलन केन्द्रको संयुक्तरुपमा उद्घाटन गरे ।
सवारी राजश्व केन्द्र २४ घण्टा सञ्चालन हुनका साथै यहाँबाट भारतीय सवारी साधन सानो चारचक्केको पाँच सय र ठूला सवारी साधनको एक हजार पाँच सय तथा स्वदेशी चार चक्के सवारी साधनलाई प्रतिकिलोमिटर दुई इजाजत दस्तुर लिने व्यवस्था रहेको छ ।
केन्द्रले विराटनगरबाट वार्षिक ४० देखि ५० करोड राजश्व संकलन गर्ने अनुमान गरेको छ । सो अवसरमा मन्त्री अधिकारीले केन्द्रबाट भारतीय पर्यटकीय सवारी साधनले सहज र सरल रुपमा सेवा प्राप्त गरी सुचारु रुपमा गन्तव्यमा पुग्ने सक्ने बताए । उनले इजाजतबाट स्वदेशी तथा विदेशी सवारी साधानलाई बाटोमा कुनै किसिमको वाधा, व्यवधान र झण्झट वेहोर्नु नपर्ने बताए ।
तपाईको प्रतिक्रिया