पूर्वाञ्चल खबर
साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघ लि. मोरङका अध्यक्ष डिल्ली पोखरेलले सहकारी क्षेत्रले अब पैसाको मात्र कारोवार नगरेर उत्पादनको क्षेत्रमा लाग्नु पर्ने बताए । उनले सहकारीको शक्तिलाई ब्यवशायिक क्षेत्रमा लगाउदै सदस्यहरुको आय आर्जन बढाउने, उनीहरुलाई आत्म निर्भर बनाउने र रोजगारी सृजना गर्ने तर्फ केन्द्रित गर्नु पर्ने अबको आबस्यक्ता रहेको बताए ।
संस्थाका अध्यक्ष रुद्र थापाको सभापतित्वमा सम्पन्न उद्घाटन शत्रमा सुन्दर हरैचा वडा न. १का अध्यक्ष बिनोद बस्नेत , संस्थाका पूर्व अध्यक्ष रामप्रसाद सापकोटा, तुलसी थापा,रामप्रसाद रिजाल लगायतले बोलेका थिए । कार्यक्रममा पूर्व अध्यक्ष सापकोटालाई सम्मान गरिएको थियो ।
साधारण सभाले रुद्र थापाको अध्यक्षतामा आगामी ४ बर्षका लागि ११ सदस्यीय नयाँ संचालक समितिको चयन गरेको छ । संस्थामा १०४४ जना सद्स्य रहेका छन भने १ करोड़ ६७ लाख २४ हजार शेयर पूजि,१७ करोड ९१लाख ८२ हजार ७सय बचत रहेको छ भने संस्थाले सद्स्य हरुका बिचमा १७ करोड ४लाख ८० हजार कर्जा प्रवाह गरेको छ ।