पूर्वाञ्चल खबर
तालिमको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले तालिमबाट सहभागीको नेतृत्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले तालिमबाट ज्ञान र सीपलाई व्यवहारमा उतार्नसमेत आग्रह गरे ।
मेयर कोइरालाले नेतृत्व गर्ने क्षमताको विकास भए त्यसले हरेक क्षेत्रमा अगाडि बढ्न बल पुग्ने दाबी गरे । वडाको आफ्नै स्रोत साधनबाट तालिम सञ्चालन गरिएको वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले जानकारी दिए । उनले आफैंले तालिम आयोजना गर्दा थोरै स्रोत साधनले पुग्ने बताए । तालिममा वडाका वर्तमान र पूर्वजनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, कर्मचारीलगायत २४ जनाको सहभागिता रहेको छ ।
तालिममा पत्रकार यज्ञ शर्मा र मीनकुमार नवोदितले तालिमको सहजीकरण गरेका छन् ।