खबर पूर्वाञ्चल
चाडपर्व विशेष सुरक्षा अन्तरगत गस्ती गर्ने क्रममा असोज १२ गते राती २ बजेको समयमा अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका ७ स्थित पूर्व पश्चिम लोकमार्गको सडक किनारामा १८ वटा प्लास्टिकको बोरामा प्याक गरी राखेको ६ सय ३७ किलो ४५ ग्राम गाँजा बेबारीसे अबस्थामा फेला पारी बरामद गरेको हो ।
गाँजा बरामद भएसंगै ओसार पसारमा संलग्न ब्यक्तिहरुको खोजतलास भईरहेको छ । यसै गरी उदयपुरको अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा सिरहा लहान नगरपालिका १७ की लिलादेवी रामलाई ६ किलो ८४६ ग्राम र लहान ८ की अस्मिता रामलाई ५ किलो ६ ग्राम गाँजासहित नियन्त्रणमा लिएको छ ।