सदस्य वितरणको बिरोधमा काँग्रेसको क्षेत्रिय कार्यालयमा तालाबन्दी

खबर पूर्वाञ्चल, ४ असार २०७८, शुक्रबार १३:४९

विराटनगर/ मनपरी तरिकाले नेपाली काँग्रेस मोरङको क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ४ क्रियाशिल सदस्य बितरण गरेको विरोधमा तालाबन्दी गरेको छ ।

काँग्रेसको भात्री संगठन नेपाल विद्यार्थी संघ पुसेट विराटनगर र नेपाल विद्यार्थी संघ इस्टर्न कलेज अफ इन्जिनियरिङ विराटनगरले काँग्रेसको क्षेत्रिय कार्यालय तालाबन्दी गरेको हो ।

काँग्रेसको क्षेत्रिय कार्यालयले तानासाही ढंगले क्रियासिल सदस्यहरुले पाउनुपर्ने व्यक्तिले नपाएर आफ्नो नजिकको व्यक्तिलाई क्रियासिल सदस्य दिएको भन्दै उनीहरुले विराटनगर ४ मा रहेको कार्यालयमा तालाबन्दी गरेको विद्यार्थी नेता योगराज दाहालले जानकारी दिए ।

बुथबाट सिफारिस गरि पठाएका नामावालीहरुलाई पाखा लगाइ मनोमानी ढंगले क्रियाशिल सदस्य वितरणको घटना खेद व्यक्त गर्न चाहन्छौं,’ नेपाल विद्यार्थी संघ पुसेटका सभापति पाश्चर घिमिरे र नेपाल विद्यार्थी संघ इस्टर्न कलेज अफ इन्जिनियरिङ्गका सभापति मिलन श्रेष्ठले हस्ताक्षर गरेको विज्ञाप्तीमा उल्लेख छ ।

उनीहरूले कार्यालयमा तलाबन्दी गरेपछि क्षेत्रिय कार्यालयले क्रियाशिल सदस्य वितरणको विषयमा छानविनको लागि काँग्रेसको केन्द्रीय कृयाशिल सदस्यता छानविन समिति, काँग्रेसको केन्द्रीय कार्यसमिति र काँग्रेसको मोरङ जिल्लामा पनि बोद्धार्थ पठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५