RUMPUM
animated ellipse animated ellipse

बोयर बाख्रा प्रकरणको सर्वपक्षीय छानबिन समिति बनाउन कांग्रेसको माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ जेष्ठ २०७८, बुधबार १८:४१
666
Shares
बेलबारी / नेपाली कांग्रेस बेलबारीले बोयर बाख्रा प्रकरणको सर्वपक्षीय छानबिन समिति बनाउन माग गरेको छ ।

केही दिन अघि बेलबारी नगरपालिकाले किसानलाई वितरण गरेको अस्ट्रेलियन बोयर जातका बाख्राको विषयमा विभिन्न सञ्चार माध्यममा आएका समाचार र सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति नेपाली काँग्रेस बेलबारीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

वितरण गरिएका बाख्रा मापदण्ड अनुसार नभएको र अस्ट्रेलियाबाट ल्याइएको भनेर प्रचारप्रसार गर्ने काम भएको भन्दै काँग्रेसले विज्ञप्ति निकालेर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । फुल व्रिड बोयर बाख्रा अस्ट्रेलियाबाटै ल्याउने भनेर ग्रो अग्र्यानिक कृषि प्रा.लि. संखुवासभासँग नगरपालिकाको सम्झौता भएको थियो ।

काँग्रेसले सम्झौताअनुसार बाख्रा अस्ट्रेलियाबाट ल्याइएको प्रमाण दिन नसक्नु र शतप्रतिशत शुद्ध बोयर जातका बाख्रा हुन भनेर पनि प्रमाण दिन नसक्नु, अस्ट्रेलियाबाट बोयर नेपाल भित्रिएको कुनै प्रमाण सम्बन्धित निकायसँग नरहेको भनी सञ्चारमाध्यममा समाचार आउनु, लगायतले बोयर बाख्राका नाममा ठूलो आर्थिक चलखेल भएको हुन सक्ने कांग्रेसको ठहर छ । नगर सभापति शम्भु भट्टराई र सचिव उपेन्द्र सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त विषयलाई खेदजनक र भत्र्सनायोग्य भनिएको छ ।

सम्झौता अनुरूप १ करोड २४ लाख रुपैयाँमा शतप्रतिशत बोयर जातका बाख्रा किसानलाई वितरण गरेको भनिएका बाख्राहरूको रूपरेखा पत्याउने आधार नै नभएको, किसान स्वयम पनि यसमा असन्तुष्ट रहेकोले यसलाई काँग्रेसले आम नागरिकको आँखामा छारो हाल्ने, किसानलाई झुक्याउने काम भएको बताएको छ । उक्त अनियमितताबारे सत्यतथ्य छानबिन गर्न सर्वदलीय र सर्वपक्षीय छानबिन समिति गठन गर्न कांग्रेसले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर