आरोहण गुरुकुलमा ‘खरानीको डोरी’ मञ्चन हुँदै

खबर पूर्वाञ्चल, ११ भाद्र २०७९, शनिबार १८:५६
99
Shares
विराटनगर/आरोहण गुरुकुल विराटनगरमा दोस्रो पटक ‘खरानीको डोरी’ नामक नाटक मञ्चन हुने भएको छ ।

विराट आदर्श साहित्य मञ्चको आयोजनामा भदौ १२ गते आइतबारबाट नाटक मञ्चन हुने भएको हो । प्रसिद्ध लोक लयमा आधारित उक्त नाटक आइतबार ४ः३० बजेबाट मञ्चन हुने मञ्चका अध्यक्ष कटवाल दीपकले जानकारी दिए ।

विराट आदर्श आहित्य मञ्चकै आयोजनामा उक्त नाटक गत पुसमा पनि गुरुकुलमा मञ्चन भएको थियो । पुनः ‘खरानीको डोरी’ को माग आएकाले प्रस्तुत गर्न लागिएको उनले बताए ।

उनले भने, ‘त्यतिखेर पनि धेरैले नाटक रुचाउनु भएको थियो । फेरी पनि विभिन्न संघसस्था र ब्यक्तिहरूले यहि नाटकको प्रस्ताब गर्नुभयो । त्यसैले यहि नाटक लिएर आएका हौँ ।’

अन्याय, अत्याचार र सामन्तवादको अन्त्य हुनुपर्छ भन्ने कुरालाई नाटकमा चित्रण गरिएको उनले बताए ।

नाटकको नाट्य रूपान्तरण कटवाल दीपकले गरेका हुन् भने यसको निर्देशन प्रवेश तिम्सिनाले गरेका छन् ।

नाटकमा दीपेश पोखरेल, सुवेक्षा विष्ट, तिर्थराज विश्वकर्मा, निष्चल कठायत, शान्तीराम राई, दीपेन्द्र राई, विकेश बस्नेत, अच्युत गिरी, रामचन्द्र मेहता, अस्विना दाहाल र विराज पौडेलको अभिनय रहेको छ ।

नाटक भदौ २० गतेसम्म मञ्चन हुनेछ । विदाको दिन बाहेक हरेक दिन १०ः३० र १ः३० मा नाटक मञ्चन हुनेछ । विदाको दिन भने ५ बजे नाटक मञ्चन हुने छ ।

यसअघि मञ्चले ‘मुनामदन’, ‘छिँडीभरिको आकाश’ लगायतका नाटक सफतापूर्वक मञ्चन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५