खबर पूर्वाञ्चल
मोरङमा ७ लाख ३५ हजार ५ सय २५ जना मतदाता रहेको मध्ये प्रारम्भिक तथ्यांक अनुसार ४ लाख ८७ हजार ४७ मत खसेको प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख लेवन कास्यव अधिकारीले जानकारी दिए । निर्वाचन कार्यालयका अनुसार २ लाख ३८ ८ सय ७५ महिला, २ लाख ४८ हजार १ सय ७१ पुरक्षक १ जना अन्यले मतदान गरेका छन् ।
३० वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा मोरङमा करिब ६८ प्रतिशत मतदान भएको थियो । स्थानीय तहको तुलनामा संघ र प्रदेशको निर्वाचनमा मोरङमा दुई प्रतिशत कम मतदान भएको हो ।