विराटनगर / पहिचानको आधारमा प्रदेश १ को नामाकरण गर्न प्रदेश सरकारले प्रक्रिया अगाडि बढाएको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को दोस्रो प्रादेशिक महाधिवेशनको आज उद्घाटन गर्दै मन्त्री आङ्बोले यस्तो बताएका हन् । उनले पाँच दलीय गठबन्धन सरकार पहिचानको आधारमा प्रदेशको नामकरण राख्नुपर्ने पक्षमा रहेको समेत बताए ।
सत्ता?ढ दललले चाहेर मात्र प्रदेशको नामकरण राख्न दुई तिहाइ नपुग्ने भएकाले विपक्षी दल नेकपा एमाले पनि पहिचानको आधारमा नामकरण गराउन साथ सहयोग गरिनुपर्नेमा मन्त्री आङ्बोले जोड दिए । अहिलेसम्म प्रदेशको नामाकरण एमाले अध्यक्ष केपी शर्मा ओलीको कारणले हुन नसकेको उनले आरोप लगाए ।मन्त्री आङ्बोले प्रदेशको नामकरण एमाले अध्यक्ष केपी शर्मा ओलीको कारण हुन नसकेको समेत आरोप लगाए । ‘तत्कालीन नेकपाको सरकार रहँदा प्रदेशमा दुई तिहाइको सरकार थियो’, उनले भने, ‘त्यो वेला प्रदेशको नामकरण राख्न बहुमत थियो तर तत्कालीन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले पहिचानको आधारमा नामकरण राख्न नदिँदा अहिलेसम्म प्रदेशले नाम पाएन ।’
जनताको जनपेक्षा अनुसार काम गरेर प्रदेश सरकार अगाडि बढ्ने उनले बताए । पूर्वाधार, शिक्षा र स्वास्थ्यको क्षेत्रमा जनताले अनुभूति हुने विकासको काम गरेर गठबन्धनको सरकार अगाडि बढ्ने मन्त्री आङबोले बताए । मन्त्रीपरिषद पनि विस्तार गरि चाँडै सरकार अगाडि बढ्ने उनले बताए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फिोनिज)को केन्द्रीय अध्यक्ष डण्ड गु?ङले फोनिजले पछाडि पारिएका समुदायलाई पहुँच र प्रतिनिधित्वको लागि सञ्चार क्षेत्रबाट बहस चलाउँदै आएको बताए । उनले मातृ भाषा पत्रकारिताको विकास, आदिवासी जनजातिसँग सम्बन्धित कला, सीप, संस्कृतिको विकासमा पनि अगाडि बढनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरेले फोनिजलाई पत्रकारह?को साझा संगठनको ?पमा विकास गरेर अगाडि बढनुपर्नेमा जोड दिए । कार्यक्रममा फोनिज प्रदेश १ का अध्यक्ष अर्जुन जम्मेली राईले फोनिजले व्यवसायिक नेतृत्व उत्पादन गर्दै समय अनुसार सीप प्रदान गर्दै अगाडी बढेको बताए ।
सोही अवसरमा फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गु?ङलाई अभिनन्द गरियो । गु?ङलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान प्रमुख अतिथि मन्त्री आङबोले सम्मान गरे । महाधिवेशनमा धिमाल जातीको कला संस्कृतिका साथै च्याब्?ङ, साकेला, सन्थाल, झाँगडलगायतको सांस्कृतिक झाँकी प्रदर्शन गरियो ।
महाधिवेशनमा १४ जिल्लाबाट १५० बढी प्रतिनिधि पर्यवेक्षक उपस्थित रहेको छ ।
तपाईको प्रतिक्रिया