पूर्वाञ्चल खबर
भदौ पहिलो सातादेखि लायन्स क्लब अफ विराटनगर मोरङ र हेल्थ प्रोफेशनलले संयुक्त रुपमा सो सेवा सञ्चालनमा ल्याउने भएको हो । सेवा सञ्चालनका निम्त्ति आज
विराटनगर–२ स्थित मोरङ सहकारी अस्पतालको नवनिर्मित भवनमा हेमो डायलाइसिस सेन्टरको उद्घाटन गरिएको छ । लायन्स क्लबका तत्कालिन गर्भनर टंक श्रेष्ठ र ग्लोबल एक्सन टीमका संयोजक खगेन्द्र सिटौलाले संयुक्त रुपमा हेमो डाईलाइसिस सेन्टरको उद्घाटन गरेका हुन् ।
निःशूल्क सेवा सञ्चालनका निम्त्ति लायन्स क्लब अफ विराटनगर मोरङ र हेल्थ प्रोफेशनल तथा अन्तराष्ट्रिय लायन्सले संयुक्त रुपमा १ करोड ६५ लाख मुल्यको ७ वटा डाईलाइसिस मेशिन खरिद गरेको लायन्स मोरङ हेमो डायलाइसिस सेन्टरका प्रोजेक्ट म्यानेजर विकाश अधिकारीले बताए । मेशिन खरिदका लागी अन्तराष्ट्रिय लायन्सले १ करोड १५ लाख सहयोग गरेको उनले जानकारी दिए ।
सेवा सञ्चालनमा आएपछि भने दैनिक २१ जनाको निःशूल्क डायलाईसिस हुने लायन्स क्लबले जनाएको छ ।