AArya
animated ellipse animated ellipse

क्षयरोग संस्थाले गैरकानुनी रुपमा फार्मेसीमा लगाएको ताला नखोले आन्दोलन गर्ने एनसिडिएको चेतावनी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ भाद्र २०८१, आईतवार १८:०२
27
Shares
विराटनगर / नेपाल क्षयरोग निवारण संस्था मोरङले गैर कानुनी तरिकाले विराटनगर ७ हस्पिटल चोकमा रहेको मोनिका फार्मेसीमा लगाएको ताला २४ घण्टा भित्रमा नखोले आन्दोलन गर्ने औषधी व्यवसायीहरुले चेतवनी दिएको छ ।

नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले आज एक विज्ञाप्ती जारी गर्दै फार्मेसीमा क्षयरोगले लगाएको ताला तत्काल नखोले सम्पूर्ण औषधी पसलहरु बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् । संघले यथास्रिघ तालाबन्दी खोली क्षतिपूर्ती समेत दिन माग गरेको छ । विज्ञाप्ती जारी भएको २४ घण्टा भित्रमा फार्मेसीमा लगाएको ताला नखोले आन्दोलनमा उत्रिन औषधी व्यवसायीहरु बाध्य हुने उनीहरुले बताएका छन् । ‘सम्बन्धित निकायले २४ घण्टा भित्र समस्या सामाधन नगरेमा आन्दोलनमा उत्रिन बाध्य हुनेछौ । सो बाट उत्पन्न हुने प्ररिस्थतिको सम्पूर्ण जवाबदेही सम्बन्धीत नियका नै हुने व्यहोरा समेत अवगत गराउन चाहन्छौं,’ जारी विज्ञप्तीमा उल्लेखछ ।

उच्च अदालत विराटनगरले गरेको फैसलालाई चुनौति दिनेगरी कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामाथिको कब्जा कायम राखेको संस्थाले अस्पतालको स्वामित्वमा रहेको व्यवासियक भवनको सटर भाडा आफूलाई नदिएको भन्दै प्रितम मुखियाले सञ्चालन गरेको ‘मोनिका फार्मेसी’ मा भदौ १९ गते ताल्चा लगाइदिएको हो । उक्त फार्मेसी बन्द भएको आज चार दिन भएको छ । क्षयरोग निवारणले प्रयोग गर्दै आएको ६ कठ्ठा ८ धुर जग्गा उच्च अदालत विराटनगरले २०७७ माघ २६ गते कोशी अस्पतालकोे स्वामित्वमा रहेको फैसला गरेको थियो ।

अदालतले जग्गा कोशी अस्पतालकै स्वामित्वमा रहेको फैसला सुनाएपछि अस्पताललाई आफ्नो स्वामित्वमा रहेको जग्गा प्रयोग गर्ने बाटो ६१ वर्षपछि खुलेको हो । अदालतको फैसलापछि कोशी अस्पतालका मेसु डा.रविराज सिंहले क्षयरोगले उठाउँदै आएको मोनिका फार्मेसीसहित ८ वटा सटर सञ्चालन गर्दै आएका सञ्चालकलाई सटर भाडा अस्पतालमा बुझाउन भदौ २ गते पत्रचार गरेका थिए । अस्पतालले हेमन्तकुमार श्रेष्ठले सञ्चालन गरेको श्रेष्ठ खाजा घर, फिरदोस अन्सारीले सञ्चालन गरेको मदिना होटेल खाजा घर, घनश्याम अधिकारीले सञ्चालन गरेको पशुपति किराना पसल, स्मृति देवले सञ्चालन गरेको पूर्वाञ्चल बायो मेडिकल सोलुसन, पार्वती ताजपुरियाले सञ्चालन गरेको खुश्बु खाजा घर, रहिम साँफीले सञ्चालन गरेको सहिम मोटर साइकल र घनश्याम अधिकारीले सञ्चालन गरेको न्यू बावा होटललाई सटर भाडा बापत बुझाउन पत्रचार गरेको थियो । प्रितम मुखियाले सञ्चालन गरेको मोनिका फार्मेसीले भदौ ९ गते कोशी अस्पताललाई साउन महिनाको १२ हजार रुपैयाँ मासिक भाडा बुझाएको छ । कोशी अस्पताललाई भाडा बुझाएको १० दिनपछि भदौ १९ गते नेपाल क्षयरोग निवारण संस्था मोरङका कर्मचारी आएर फार्मेसीमा ताल्चा लगाइदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर