आरागनले गर्यो विदाई तथा स्वागत एउटै कार्यक्रममा

खबर पूर्वाञ्चल, २३ आश्विन २०७८, शनिबार १७:४०

विराटनगर/ विराटनगर – १० मा सन्सारी माइस्थान मन्दिर नजिकै रहेको आरागन होटेल स्कूल तथा कोशी विद्या मन्दिरको प्लस टु होटेल मेनेजमेन्टले कलेजबाट विदाई हुने तथा कलेजमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरेको छ ।

आरागनको एडिएचएममा अध्ययनरत सातौ ब्याचका ४८ जना विद्यार्थीलाई आज एक कार्यक्रमको आयोजना गरि विदाई गरेको कलेजले जनाएको छ ।

सोही अवसर पारेर कलेजमा भर्ना भएका १ सय १० विद्यार्थीहरुलाई स्वागत गर्दै कलेजको बारैमा बताइएको थियो । उनीहरुलाई प्रमुख अतिथि सास्थम कलेजका निर्देशक रोशनबहादुर थापा, प्रध्यापक डां पिके झा, कलेजका ओ–अर्डिनेटर शैलेन्द्र वर्मा, हेड अफ डिर्पामेन्ट रोशन शर्मा, कलेजका प्रशासकि प्रमुख सुरेन्द्र कुवँर र कोशी विद्या मन्दिरका निर्देशक धिजनबाबु काफ्लेलगायतले शुभ कामना दिएका छन् ।

कलेजका निर्देशक अमित महतोको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कलेमा उत्कृट हुने विद्यार्थी अविनास चौधरीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा उपस्थि अथिति, अभिभावक तथा विद्यार्थीहरुलाई कलेजमा अध्ययनरत विद्यार्थीले नृत्य, गित तथा नाटकलगायत विभिन्न कार्यक्रम गरि मनोरञ्जन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरु

  1. Bhupendra Singh लेख्नुहुन्छ

    Congratulations 👏🎊👍

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५