ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कृति बिक्रीबाट आएको रकम मृगौला पीडित पत्रकार दियालीलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ मंसिर २०८०, शनिबार २०:०९
342
Shares
विराटनगर / आज विराटनगरमा सार्वजनिक भएको साहित्यकार शंकर खरेलद्वारा लेखिएको लघुकथा सङ्ग्रह ‘ओम तृप्यन्ताम’ कृति बिक्रीबाट आएको रकम दुबै मृगौला फेल भएका पत्रकारको सहयोगमा समर्पण गरिएको छ ।

खरेलको यो १९ औं पुस्तक हो । विमोचन कार्यक्रमपछि भएको पुस्तक बिक्रीवापत २५ हजारभन्दा बढी रकम संकलन भएको थियो । सुनसरी इटहरीका पत्रकार बीपी दियालीको उपचारका लागि विमोचनमा पुस्तक बिक्री भएको रकम उपलब्ध गराउने निर्णय भएको हो । सहयोग रकम एक हप्ताभित्र केही रकम थपेर हस्तान्तरण गरिने साहित्यकार खरेलले जानकारी दिए ।

दियाली श्रमजीवी पत्रकार हुन र, उनी इटहरीमा रहेर अढाई दशकदेखि पत्रकारिता गर्दै आएका छन् । विमोचन कार्यक्रममा प्रमुख अतिथि, विशिष्ठ अतिथि, अतिथि सबैले पुस्तक खरिद गरेका थिए । झण्डै २ सय पृष्ठको लघुकथाको मूल्य २ सय रुपैयाँ छ । न्यू सृष्टि दैनिकले पुस्तक प्रकाशन गरेको हो । कांग्रेस नेता डा. शेखर कोइराला, पूर्व मुख्यमन्त्री हिक्मत कार्की, पूर्व मन्त्री भक्ति सिटौलालगायतले पुस्तक विमोचन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर