animated ellipse animated ellipse

बलात्कार आरोपमा काशी तामाङ पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ भाद्र २०८०, शनिबार १७:५५
621
Shares
विराटनगर / जबरजस्ती करणी गरेको आरोपमा काशी तामाङ पक्राउ परेका छन् ।

२१ बर्सिया किशोरीलाई जबरजस्ती करणी गरेको कसुरमा बेलबारी ८ राधा नगर घर भएका ३४ वर्षीय तामाङ बिहीबार पक्राउ परेका हुन् ।

तामाङले ती किशोरीलाई बेलबारी १० मा रहेको पोल लाइट रेस्टुरेन्टमा असार २ गते जबरजस्ती करणी गरेको आरोप छ । पीडितले इलाका प्रहरी कार्यालय बेलबारीमा तामाङ विरुद्ध जबरजस्ती करणी मुद्दामा जाहेरी दिएपछि पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन दाहालले जानकारी दिए ।

पक्राउ परेका तामाङ विरुद्ध इप्रका बेलबारीले जजक मुद्दामा मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । ‘घटनाको विषयमा अहिले अनुसन्धान भइरहेको छ,’ डिएसपी दाहालले भने, ‘थप विषय अनुसन्धानपछि खुल्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर