AArya
animated ellipse animated ellipse

विरेन्द्रप्रसाद यादवको रहस्मय मृत्युको महिना दिन, प्रहरीको कहाँ पुग्यो अनुसन्धान ?

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ श्रावण २०८१, आईतवार १८:५८
135
Shares
विराटनगर /सप्तरीको तिरहुद गाउँपालिका –४ का ५१ वर्षीया विरेन्द्रप्रसाद यादवको रहस्मय मृत्यु भएको घटना एक महिना हुन लागेको छ ।

एक महिना पूरा हुन लाग्दा पनि प्रहरीले यादवको हत्या हो या आत्महत्या आधिकारीक रुपमा केही भनेको छैन । जग्गाको कारोबार गर्दै आएका यादवको सुनसरीको इटहरीमा ३१ असारमा मृत अवस्थामा शव भेटिएको थियो ।

खुट्टा र तिघ्रामा चोकपटक लागेको यादवको हत्या भएको परिवारले दाबी गर्दै आएका छन् भने सुनसरी प्रहरीले भने हत्या वा आत्महत्या एकिन गर्न सकेको छैन । पोस्माटको प्रराम्भिक रिपोर्ट मात्र आइसकेको हुनाले भिसरा रिपोर्ट आएपछि मात्रै भन्न सकिने इलाका प्रहरी कार्यालय इटहरीका निमिक्त कार्यालय प्रमुख प्रहरी निरीक्षक शम्भू बस्नेतले बताए । ‘हामीले सबै कोणबाट घटनाको सुष्म तरिकाले अनुसन्धान गर्दै आएका छौं । यस घटनामा थुप्रै व्यक्तिहरुलाई बोलाएर पनि अनुस्न्धान भएको छ ।

अहिले घटनाको अनुसन्धानको क्रममा रहेका छौं,’ प्रहरी निरीक्षक बस्नेतले भने, ‘प्रराम्भिक चरणको पोस्मार्टम रिपोर्ट आएको छ । यसबाट मात्रै नभएर हामीले भिसरा परीक्षणको लागि पनि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएका छौं । त्यो रिपोर्ट आउन बाँकी छ ।’ भिसरा रिपोर्ट आएपछि मात्रै हत्या हो वा होइन भन्न सकिने अवस्था रहेको प्रहरीका अधिकारीहरु बताउँछन् । तर, यस घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरीका अधिकृतका अनुसार यादवको हत्या भएको देखिने बताउने गरेका छन् । ‘हामीले यस घटना नजिकबाट अनुसन्धान गर्दै आएका छौं,’ ती प्रहरी अधिकृतले भने, ‘प्रमाण (दशि) र कसरी घट्ना घट्यो र संलग्नताको खोजी कार्यमा लागि रहेका छौं ।’ यता मृतकका आफन्तहरुले भने महिना दिन हुनलाग्दा पनि प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न नसेको भन्दै न्यायको लागि हारगुहार गरेका छन् ।

विरेन्द्रका जेठा छोरा नितेश यादवले वुवाको आत्महत्या नभएर हत्या भएको दाबी गरेका छन् । ‘बुवा जग्गाको कारोबारवको सिलसिलाले इटहरी असार २७ गते बिहीबारका दिन ठूलो बुवा दिपनारायण यादवको घरमा जानुभएको थियो । त्यसदिन सँगै बसेर खाना पनि खानुभएको छ । विहान बुवा कोठामा नभएको खबर आउँछ । त्यसको तीन दिनपछि बुवाको शव नहरमा भेटिएको छ । बुवाको गोजीमा चेक पनि भेटिएको छ । त्यो चेक कसरी आयो । यस विषयमा प्रहरीले गहन अनुसन्धान गरी यार्थथ घटना दिनपर्यो भन्दै हामीले भन्दै आएका छौं ।

अहिलेसम्मको प्रगति पनि रिपोर्ट पनि हामीलाई जानकारी दिएको छैन । कसैलाई पक्राउ गरि कारवाहीको दायारमा पनि ल्याएको छैन । महिना दिन हुन लागो,’ मृतकका छोरा नितेशले भने, ‘बुवाको योजनाबद्ध रुपमा हत्या भएको छ । यस घटनामा प्रहरी गहिराइमा पुगेर सबै कोटबाट अनुसन्धान गरेर दोषीलाई सार्वजानिक गर्न हामीले जोडदार माग राखेका छौं ।’ प्रहरीले विरेन्द्रप्रसाद यादव नामको चेक प्रहरी बरामद गरेको छ । ‘बुवाको मोवाइलको लोकेसन धनकुटमामा देखिएको छ । तर, शव इटहरीमा भेटिएको छ । लोकेसन कसरी धनकुटा देखायो ? । प्रहरीले यस विषयमा पनि अनुसन्धान त गर्नुपर्यो,’ उनले भने, ‘अहिलेसम्म हामीलाई केही जानकारी प्रहरीबाट पनि आएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर