animated ellipse animated ellipse

सरकारले शासन गर्ने आधार गुमाइसकेको काँग्रेस सभापति देउवाको टिप्पणी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ बैशाख २०७७, शुक्रबार २०:१०
3
Shares
फाइल तस्वीर
काठमाण्डौं / प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको बताए ।

सङ्घीय संसदको बजेट अधिवेशनको पहिलो दिन आज बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै देउवाले सरकारका गतिविधिले शासन गर्ने आधार गुमाएको बताएक हुन् । स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार, सांसद अपहरण, अध्यादेश लगायतका प्रकरणले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक र नैतिक आधार गुमाएको उनको भनाइ थियो । अहिलेको अभिभारा कोरोनाविरुद्ध कसरी राष्ट्रिय एकता गरेर अगाडि बढ्ने रहेको भए पनि सरकार त्यसमा असफल भएको देउवाले टिप्पणी गरे ।

प्रतिनिधिसभाको छैटौं अधिवेशनलाई सम्बोधन गर्दै देउवाले वर्तमान परिस्थितिको संयम भएर सामना गर्न सांसदलाई अपील गरे । उनले काँग्रेसको वर्तमानमा दोस्रो नीति ‘बेथिति, भ्रष्टाचार र अधिकनायकवादी प्रवृत्तिका विरुद्ध लड्ने’ रहेको बताए । देउवाले गाउँ जानेलाई सहज व्यवस्था नगरेकोमा पनि सरकारको आलोचना गरे । उनले सरकारले सुकुम्बासी आयोग गठन गरेकोमा आपत्ति जनाउदै सकुम्बासीलाई जाउलो आवश्यक भएको बेला आयोग गठन आवश्यक नभएको टिप्पणी गरे ।

स्वास्थ्य सामग्रीको अझै अभाव रहेको र खरिद प्रक्रियामा भ्रष्टाचार भएकोमा देउवाले आपत्ति जनाए । उनले भ्रष्टाचारमा संलग्न र सांसद अपहरणमा संलग्नलाई कारबाही गर्न पनि माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर