प्रश्नपत्र आउट गर्ने १० पक्राउ

खबर पूर्वाञ्चल, १२ बैशाख २०७८, आईतवार ०२:०१

विराटनगर/ परीक्षा हुनुभन्दा दुई घण्डा अगाडी प्रश्नपत्र आउट गर्ने पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एक जना कर्मचारी र ९ जना विद्यार्थीहरूलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीले ८ जना विद्यार्थीहरूलाई काठमाण्डौंदेखि शनिबार राती पक्राउ गरि ल्याएको छ । अन्य दुई जनालाई विराटनगरदेखि पक्राउ गरेको हो । यस घटनामा मोरङ प्रहरीले वैशाख ८ गते सप्तरी घर भएका महेश यादवलाई पक्राउ गरि ‘शिक्षा ऐनमा’ म्याद थप गरि प्रहरीले अनुसन्धान गर्दै आएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय अन्र्तगतको इन्जिनियरिङ संकायको स्नातक दोस्रो सेमिस्टरको फिजिक्सको परीक्षा हुनुभन्दा दुई घण्डा अगाडी वैशाख ३ गते बाहिरिएको थियो । १ बजेदेखि हुने पिजिक्सको परीक्षा हुनुभन्दा दुई घण्टा अगाडी कर्मचारीको मिलेमेतामा ११ बजे प्रश्नपत्र आउट भएको खुलेको छ ।

परीक्षा अघि प्रश्न पत्र सार्वजनिक भएपछि परीक्षा नियन्त्रक कार्यालयका प्रमुख प्राडा सूर्यप्रसाद संग्रौलाले तत्काल अर्को प्रश्नपत्र बनाएर परीक्षा लिएका थिए । पश्नपत्र आउट भएपछि अनुसन्धान गर्न मोरङ प्रहरीमा निवेदन दर्ता गराएका थिए ।

प्रहरीले गहन रूपमा अनुसन्धान गरेपछि प्रश्नपत्र आउट भएको घटनामा संलग्नहरूलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले पुष्टि गरेका छन् । पक्राउ परेका विद्यार्थी र कर्मचारीलाई आज पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने मोरङ प्रहरीले तयारी गरेको छ । त्यही भएर प्रहरीले पक्राउ परेका सबैको नाम गोप्य राखेको छ । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार प्रश्नपत्र आउट गर्ने कर्मचारीलाई प्रत्येक विद्यार्थीलहरूले १० देखि २० हजार भन्दा बढी रकम दिएको खुलेको छ । ‘प्रश्नपत्र आउट गराउने कर्मचारीलाई प्रत्येक विद्यार्थीले मटो रकम दिने गरेको खुलेको छ,’ एक प्रहरीका अधिकारीले भने, ‘प्रश्नपत्र आउट गराउने गिरोहका नाइकले विद्यार्थीहरूसँग पैसाँ उठाउने र कर्मचारीलाई दिने गरेको खुलेको छ ।’

पूर्वाञ्चल विश्वविद्यालयले लिने हरेक प्राविधिक विषयको प्रश्नपत्र परीक्षा पहिला नै शृंखलाबद्ध रूपमा बाहिरिँदै आएको छ । यसअघि दुई वर्ष अगाडी पनि कर्मचारीको मिलेमतोमा प्रश्नपत्र आउट भएको थियो । त्यसबेलाको घटना अनुसन्धान नभइ गुपचुप भएको थियो । यसरी पियुले लिने परीक्षाको प्रश्नपत्र बाहिर पु¥याउन परीक्षाको गोप्य शाखाका कर्मचारीको हात हुने विश्वविद्यालय स्रोतको दाबी छ । प्रश्नपत्र छाप्ने कार्यमा गोप्य शाखाका कर्मचारी संलग्न हुने भएकाले उनीहरूकै माध्यमबाट बाहिरिने गरेको स्रोतको भनाइ छ ।
अहिले इन्जिनियरिङ संकायको स्नातकको चौथो, छैठौं र आठौं तहको फाइनल परीक्षा भइरहेको छ । चैत २३ देखि सुरू भएको परीक्षा वैशाख २३ गतेसम्म संचालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५