ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मेरिल्याण्डको हाजिरिजवाफ सुनगाभा सेक्सन प्रथम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ फाल्गुन २०८१, आईतवार १८:१९
1.08k
Shares
विरानगर / विरानगर –७ स्थित मेरिल्याण्ड कलेजमा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
कक्षा – ११,१२ र विविएस का यस अघि नै कक्षागत विजय भएर फाइनलमा पुगेका विद्यार्थीहरुविच भएको अन्तिम प्रतिस्पर्धामा कक्षा – १२ सुनगाभा सेक्सन प्रथम, मखमली सेक्सन द्वितिय र कक्षा – ११ पारिजात सेक्सनले तृतिय स्थान प्राप्त गरेका थिए ।

विजयी विद्यार्थीहरुलाई अविर तथा माला लगाएर सम्मान गरिएको थियो । प्रथम द्वितिय र तृतिय विजयी विद्यार्थीहरुलाई मेरिल्याण्डको वार्षिक उत्सवमा पुरस्कृत गरिने मेरिल्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए । मेरिल्याण्ड कलेजमा पठन पाठन बाहेक विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलाप गराएको प्रिन्सीपल ढकाल बताए । मेरिल्याण्ड कलेजकी छात्रा दीया अग्रवालले २०७८ सालको कक्षा १२ को बार्षिक परीक्षामा नेपालमै सर्बाधिक ३.९६ जिपिए ल्याई नेपाल प्रथम भएकी थिइन् । त्यस्तै विविएस तहमा पनि मेरिल्याण्ड पटक – पटक विभिन्न तहमा नेपाल प्रथम हुदै आएको छ ।

मेरिल्याण्ड कलेज देशकै कलेजहरुमध्येबाट सधै टपटेनमा पर्ने व्यवस्थपन सङ्काय मात्र पढाइ हुने एक अग्रणी शैक्षिक संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर