animated ellipse animated ellipse

अम्बे कोशी सहकारीलाई सरकारले गर्यो समस्याग्रस्त सहकारी घोषणा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ पुष २०८१, मंगलवार १७:४०
234
Shares
विराटनगर / कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ ।

एक वर्षदेखि बन्द रहेको सहकारीलाई आज उद्योग, कृषि तथा सहकारी मन्त्रालयले अम्बे कोशीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।

मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले अम्बे कोशी सहकारीलाई समस्याग्रस्त घोषणा गरेको बताए । अन्य सहकारीको पनि अध्ययन भइरहेको बताए ।

अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फणिन्द्र मगर एक वर्षदेखि सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा छन् । उनीमाथि सर्वसाधारणको ६१ करोड भन्दा बढी रकम ठगी गरेको आरोप छ । इटहरीमा केन्द्रीय कार्यालय रहेको अम्बे कोशीले विराटनगरदेखि दमकसम्म सेवा केन्द्र खोलेको थियो ।

गत पुस १८ गते बरिष्ठ अधिवक्ता भरतबहादुर थापाको संयोजकत्वमा सरकारले संकटग्रस्त सहकारीको व्यवस्थापन समिति गठन गरेको थियो । सहकारी संस्था समस्याग्रस्त घोषणा गरेपछि त्यस्तो सहकारीको लागनी उठाएर बचतकर्तालाई फिर्ता गर्ने गरी समितिले काम गर्नेछ । ‘सहकारीको सम्पूर्ण व्यवस्थापन संकटग्रस्त सहकारीको व्यवस्थापन समितिले गर्छ, हामीले घोषणा मात्रै गर्ने हो,’ सचिव पाण्डेले भने,‘ समितिले चाडै काम सुरु गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर