RUMPUM
animated ellipse animated ellipse

एनबीएससी मिल्स कप क्रिकेटको उपाधि नजिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ चैत्र २०७९, बुधबार १८:१७
315
Shares
विराटनगर /एनबीएससी क्रिकेट क्लब विराटनगर दोस्रो संस्करणको मिल्स कप टि– २० क्रिकेट प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

वाइआरसीसी विराटनगरलाई ६३ रनले पराजित गर्दै एनबीएससी उपाधि नजिक पुगेको हो ।

वाइआरसीसीले उपाधिको लागि बिहीबार अन्तिम सेमिफाइनल खेल घरेलु टिम मिल्स क्रिकेट क्लब र एनसीसी नरपथगञ्ज बिहारबिचको बिजेता टिमसँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।

विराटनगर जुट मिलको खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको एनबीएससीले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ १ सय ९७ रनको विशाल स्कोर बनाएका थियो । एनबीएससीका कुमार रनिसले ३५ रन बनाउँदा रंजित कुमारले ३४ रन युसुप नदिमले ३० रनको योगदान दिए । वाइआरसीसीका श्रवण यादव, रिहान खान र हेमन्त धामीले समान २–२ विकेट लिए ।

१ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको वाइआरसिसीले १८ दशकलव ३ बलमा सवै विकेट गुमाई १ सय ३५ रनमा सिमित भयो । वाइआरसिसीका श्रवण यादव र दिलिप नाथले समान २४–२४ रन बनाए । हेमन्त धामीले पनि १६ रनको योगदान दिए ।

एनबीएससीका विधान गोस्वामीले सर्वाधिक ४ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए ।

घरेलु टिम मिल्स सेमिफाइनलमा
यस अघि भएको प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगर विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ ।

मिल्सले ओसिस क्रिकेट क्लब काठमाण्डौलाई ४३ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाइउँदै २ सय ४१ रनको विशाल स्कोर बनाएको थियो । मिल्सका सुमित महर्जनले ३० बलमा ६ छक्का र ७ चौका प्रहार गर्दै ७० रन बनाउँदा पवन सरापले ५० रन र अरुण एरीले ३७ रन बनाउँदै अविजित रहे ।

ओसिसका सुमित श्रेष्ठले ३ विकेट लिँदा दिपक चन्द, सहप आलमले समान २÷२ विकेट लिए ।

जवाफमा २ सय ४२ रनको विशाल लक्ष्य पछ्याएको काठमाण्डौंले निर्धारित ओभरमा ८ विकेट गुमाई १ सय ५८ रनमा सिमित भयो । ओसिसका सुमित श्रेष्ठले ४७ बलमा अविजित ९४ रन बनाउँदै सतक बनाउँनलाई ६ रनले चुके । सुजन थपलियाले २३ रन, सम्राट भुसालले २२ रनको योगदान दिए । मिल्सका पवन सरापले २ विकेट लिँदा सुमित महर्जनले पनि २ विकेट लिए ।

खेलको म्यान अफ द म्याच अलराउण्डर पर्दशन गरेका पराजित टोली ओसिसका सुमित श्रेष्ठ घोषित भए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर