३२२७ जनाको स्वाव परिक्षण गर्दा प्रदेश १ मा ९५४ जनामा संक्रमण पुष्टि

खबर पूर्वाञ्चल, २५ श्रावण २०७८, सोमबार १६:५७

विराटनगर/ पछिल्लो २४ घण्टामा ३२२७ जनाको स्वाव परिक्षण गर्दा प्रदेश १ मा ९५४ जनामा कोरोना संक्रमण देखिएको छ ।
१ हजार ७४४ जनाको पीसीआर परीक्षण गर्दा ५५४ र १ हजार ४८३ जनाको एन्टिजेन परीक्षण गर्दा ४०० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २५७, मोरङमा १३८, सुनसरीमा ९९, इलाममा १९, धनकुटामा १८, उदयपुरमा ६, संखुवासभामा २, पाँचथर र ते¥हथुममा १–१ प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको छ ।

झापाको विर्तामोडमा ७८, दमकमा ४२, अर्जुनधारामा २९, कनकाईमा २६, भद्रपुर र मेचीनगरमा १९–१९, शिवसताक्षीमा १६, बुद्धशान्तिमा १४, गौरादह, बा¥हदशी र कमल गाउँपालिकामा ४–४, हल्दिबारी र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ६१, बेलबारीमा २६, सुन्दरहरैचामा १५, पथरीशनिश्चरे र बुढीगंगामा ७–७, लेटाङ र कानेपोखरीमा ४–४, ग्रामथान र स्थानीय तह नखुलेका ३–३, केराबारी, रंगेली र उर्लाबारीमा २–२, सुनबर्षी र कटहरीमा १–१, सुनसरीको इटहरीमा ४७ जनामा संक्रमण देखिएको छ

उता धरानमा ३७, बराहक्षेत्रमा ४, रामधुनी र इनरुवामा ३–३, हरिनगर, दुहवी र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा १४, मांसेबुङ, रोङ, माईजोगमाई, सुर्योदय र माई नगरपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १५, महालक्ष्मीमा २, पाख्रिबासमा १, उदयपुरको लिम्चुङबुङमा २, त्रियुगा, चौदण्डीगढी, बेलका, र स्थानीय तह नखुलेका १–१, संखुवासभामा २, पाँचथरको फिदिममा १, ते¥हथुममा १, प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६१ महिला र १७७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५