AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

खोटाङ अस्पताललाई बायोकेमेष्ट्रि एनालाईजर हस्तान्तरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ असार २०७८, सोमबार १६:४९
594
Shares
विराटनगर / प्रदेश १ सरकारले खोटाङ जिल्ला अस्पताललाई फुल्ली अटोमेटिक बायोकेमेष्ट्रि एनालाईजर मेसिन हस्तान्तरण गरेको छ ।

सामाजिक विकास मन्त्री उषाकला राईले खोटाङ अस्पतालका ल्याव टेक्निसियन शेखर अधिकारीलाई सो मेसिन हस्तान्तरण गरिन् ।

प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र, विराटनगरले खरिद गरेको सो मेसिन खोटाङ अस्पताललाई हस्तान्तरण गरिएको हो ।

जिल्ला अस्पतालमा अत्यधिक विरामीको चाप रहेकाले सुगर, लिभर फङ्सन लगायतको परीक्षणमा समस्या हुँदै आएको थियो । सो मेसिनले एक घण्टामा साढे ३ सय नमूना परीक्षण गर्ने प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रका प्रमुख सम्भु साहले जानकारी दिए । एकै पटकमा ७२ वटा नमूनाहरु राख्न सकिने उनले बताए । फुल्ली अटोमेटिक बायोकेमेष्ट्रि एनालाईजर मेसिनको बजार मुल्य करिव ३५ लाख सम्म पर्ने साहको भनाई छ ।

सामाजिक विकास मन्त्री राईले जिल्ला अस्पतालहरुलाई आवस्यकता आधारमा स्वास्थ्य उपकरणहरु प्रदेश सरकारले प्रदान गर्दै जाने बताइन् । खोटाङ अस्पतालका ल्याव टेक्निसियन अधिकारीले परीक्षणमा सहज हुने र उपचारमा पनि सरलता आउँने बताए ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर