AArya
animated ellipse animated ellipse

न्यूमेरोलोजी (अंक ज्योतिष) प्रति आकर्षण दिनप्रतिदिन बढ्दो छ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० आश्विन २०८१, बुधबार १२:४३
1.7k
Shares
पुस्कर पोखरेल न्यूरोलोजिष्ट
प्रविधिको पहुँच तथा प्रयोग बढेसँगै रिसर्च (अनुसन्धान) मा नयाँ नयाँ प्रविधिको प्रयोग हुन थालेको छ । आजको युग पहिले जस्तो भौतिक रूपमै गएर भेट्नै पर्ने, शिक्षा लिनका लागि गुरु कहाँ पुग्नै पर्ने बाध्यता अहिले हटेको छ । अनलाईनको माध्यमले यी सबै कामलाई सहज तुल्याएको छ । आधुनिक मानिसले धर्मशास्त्रको विश्वास गर्दिन भन्दा पनि विभिन्न सामाजिक सञ्जालमा छ्यापछ्याप्ती आएका ‘सर्ट स्टोरीज’ ले कौतुहलता चाहिं बढाएकै छ । अहिले निक्कै चर्चामा आएको अंक ज्योतिष (न्यूमेरोलोजी) को पिता भनेर ग्रिसका दार्शनिक पाइथागोरसलाई भनिन्छ ।

तर ,यो शास्त्रको विश्लेषण गर्ने एक पद्यतिको (लो सो ग्रिड) को उद्गम स्थल चीन हो । अर्थात् लो सो ग्रिडको पहिलो प्रयोग चीनमा भएको हो । अंकज्योतिष (न्युमेरोलोजी) लाई पाइथागोरस न्यूमेरोलोजी, कबलाह न्युमेरोलोजी, चाल्डियन न्युमेरोलोजी, पाइथागोरियन न्युमेरोलोजी, चिनियाँ न्युमेरोलोजी चीनमा हुदै हालको वैदिक न्यूमेरोलोजी भारत हुँदै नेपाल भित्रिएको यो विधि जन्म मितिको अंक सही भयो भने त्यसैलाई आधार मानेर गहस्थिति , व्यक्तिको भावी योजना, वर्तमान अवस्था , शुभ अशुभ अंक लगायत व्यक्तिगत पाटालाई दुःखको भूमरीबाट पार लगाउन सकिने दाविका साथ न्यूमेरोलोजीमा अभ्यासरत युवा न्यूमेरोलोजिष्ट पुष्कर पोखरेलसँग दीपक निरौलाले गरेको कुराकानीको सार

न्यूमेरोलोजी (अंक ज्योतिष)भनेको के हो ? सर्वसाधारणले बुझ्नगरी प्रष्ट पारिदिनु न ।
न्यूमेरोलोजी भनेको अंकको भाषा हो । जन्ममितिमा भएका अंकको आधारमा प्रयोग गरिने अंकको भाषा हो । जीवनमा हुँदै गरेका भएका र भविष्यमा हुने जानकारीलाई अंकको आधारमा गरिएको अभ्यास हो । जस्तै यो जन्म मिति का आधारमा निकालिन्छ । जन्मदिनको अंकका आधारमा निक्लिने अंकलाई मूलांक (ड्राईभर नम्बर( भनिन्छ । जस्तैः १३ गते जन्मिएको व्यक्तिको १ + ३ = ४ । भनेको उक्त व्यक्तिको मूलाङ्ग ४ भयो । यसैको आधारमा ग्रहस्थिति हेरेर जानकारी गराइन्छ । दोस्रो जन्ममितिमा भएका सबै अंकहरु जस्तै २०४६ ÷७÷१३ गते जन्मिएको व्यक्तिको सबै अंक जोडेर आउने एकल अंक (सिङ्गल) २+०+४+६+७+१+३ =२३ । जसलाई फेरी जोडेर २+३ =५ अंक आयो । यो अंक चाहिं भाग्यको नम्बर वा कन्डक्टर नम्बर हो । गणितको भाषामा जम्मा अंक चाहिं ९ वटामात्र रहेका हुन्छन् । जन्म मितिमा जति नम्बर आएपनि जोडेर एकल अंक निकाल्नु पर्छ । मूलांङ्क अंक ३ र भाग्याङ्क ५नम्बरको आधारमा रहेर मानवीय जीवनसँग व्यक्तिको हरेक कुराको विश्लेषण गरिन्छ । यसको लागि व्यक्ति जन्मिएको मिति चाहिं सही हुनुप¥यो ।
चाइनिज सामान हेर्दा झिलिक्क हुन्छ तर दीर्घकालिन हुँदैन भनेझैं चाइनाबाट उत्पादित फर्मूला पनि त्यस्तै त होला नि ?
फमूर्लाको विकास भनेको चाइनिज सामान जस्तो झिल्के होइन । गुणस्तरीय चाइनिज सामान संसारमै उत्कृष्ठ हुन्छन् । उपभोक्ताको गच्छे अनुसार आयात गराईमा टिक्ने नटिक्ने भन्ने भर पर्ने हो । अंग्रेजीको वान वान कसरी बन्यो ? मानवीय जीवनसँग कसरी जोडियो ? यावत कुरा को विषयमा गहिरो अध्ययन पछि मात्र आजको विकसित अवस्थामा अएको छ । न्युमेरोलोजीको प्रयोज आज भन्दा लगभग ४ हजार वर्ष अगाडिबाट प्रयास भएको हो । यस विषयमा चाइनामा एउटा रमाइलो जीवन्त वास्तविक कहानी रहेको छ । खेल्ने क्रममा समुन्द्र तटमा एउटा कछुवा भेटिएछ । उसको शरीरमा ९ वटा विभिन्न आकारका बुट्टा थिए । त्यहाँ १ देखि ९ सम्मका अंक थिए । त्यसलाई अनुसन्धान गर्दा जताबाट जोडे पनि योगफल चाहिं १५ आउँथ्यो । त्यसलाई न्यूमेरोलोजीको भाषामा ‘लो सो ग्रीड’ भनिन्छ । अन्य ज्योतिष विधाले १२ अंकलाई आधार मानेर ग्रहस्थिति हेरिन्छ भने न्यूमेरोलोजीमा ९ अंकलाई नौ ग्रहको आधारमा गरिन्छ ।

कसरी विश्वास गर्ने त हामीले ? अझै प्रष्ट पारिदिनु न ।
नम्बर युनिभर्सलले दिएको छ । वैदिक न्यूमेरोलोजीमा ९ वटा ग्रहलाई आधार मानेर गरिन्छ । १ देखि ९ सम्मको अंकले आ–आफ्नै विषेशता बोकेको छ । विषेशताको आधारमा मैले काम गर्दा मेरो सफलता निश्चित छ । जस्तैः अंक ३, मूलाङ्क भएको व्यक्तिले जग्गाको कारोवार ग¥यो भने पैसा उठाउनै सक्दैन । ३ अंक भनेको गुरु वृहस्पतीको अंक हो । गुरुले जहिले पनि शिष्यलाई दिनेमात्र काम गर्नुहुन्छ । तर कडीकाईका साथ आफ्नो पारिश्रमिक माग्न सक्नु हुन्न ।
हात हेराउँदा ज्योतिषीले राम्रै हुन्छ भन्थे भन्नलाई भन्ने बद्री पंगेनीको गीत जस्तै त होइन ?
म यो बारे यहाँहरुलाई प्रष्ट पार्नको लागि आगामी ०८४ मा आउन लागेको आम निर्वाचनको बारेमा न्यूमेरोलोजी प्रयोगबाट भविष्य बताई दिन्छु । यहाँहरुले विचार गर्नुहोला । राजनीति सबैले गर्छन् । तर सबै सफल हुँदैनन् । २०८४ बाट आउने एकल अंक ५ हो । यसले मिली भगत भएर चुनाव लड्नु पर्ने हुन्छ । साना ठूला दल एक भएर चुनाव लड्नै पर्ने अवस्था सिर्जना गराउँछ । ५ अंकले स्थिर सरकारको संभावना देखाउँछ । र , हुन्छ पनि त्यही नै । त्यसपछि नेपालमा स्थायित्व हुने संभावना देखिन्छ ।

न्यूमेरोलोजीमा कुन–कुन कुरालाई आधार मानेर हेरिन्छ ?
जन्ममितिमा मूलाङ्क, भाग्याङ्क, युनिक फिचरको रूपमा कुवा नम्बर वा एञ्जल नम्बर जसले भाग्यलाई ३० प्रतिशतसम्म बढाउन सक्छ । त्यसैगरी लक्की र अनलक्की नम्बर, रंग,वर्ष, उमेर । मोवाईल न्यूमेरोलोजी । आफूसँग भएको नम्बर म्याच गरेको छ, वा छैन । नाम करेक्सन (सच्याउने) पनि गरिन्छ । त्यस्तै सवारी साधनको नम्बर मिलेको छ भने त ठिक हुन्छ । यदि नमिलेको भए उपचार पद्धती पनि हामीसँग छ । त्यसमा रुद्राक्षको प्रयोग, रंगको प्रयोग, निडि पिपुललाई दान दिने तथा केहि साधना को अभ्यास गर्ने । रेमिडीको प्रयोग विधि अपनाएर पनि समाधान गर्न सकिन्छ । यहाँ भनिएको कुरा संक्षिप्त मात्र हो । जीवनका धेरै पाटालाई उजागर गर्न सकिने विधि र पद्धती हामीसँग छ ।

यो निःशुल्क हुन्छ ?
कुनै स्पेशल दिनको अवसर पारेर हामीले निःशुल्क पनि हेर्ने गरेका छौं । तर, व्यवाशायिक रूपमै गईसकेपछि त केही न केही त गर्नै पर्ने हुन्छ । मान्छेका अवस्था र परिस्थितिको पनि विचार त गर्नै पर्ने हु्न्छ नि । (हाँस्दै) सरकारले अब त हावा मा पनि कर लगाउला जस्तो छ ।
अन्त्यमा के भन्नू हुन्छ ?
हामीले उचित सल्लाह र सुझाव नपाउँदा सम्म कुहिरोमा रुमलिएको काग जस्तै हुन्छौं । भनाईको मतवल हामीलाई अंकले भनौ या भाग्यले हामीमाथि खेलि रहेको हुन्छ । विभिन्न अंक ले व्यक्तिले दुःख दिई रहेको हुन्छ । जव अंकको बारेमा तपाँइमा चेतना भएपछि तपाईं अंकसंग खेल्न सक्नु हुन्छ । अंकमात्र होइन यसका अभ्यासहरूलाई पनि प्रयोगमा ल्याउनु पर्छ । अनिमात्र नम्बरले आर्शिवाद दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर