खबर पूर्वाञ्चल
उत्कृष्ट हुने विद्यार्थीहरूमा दिपा साह र पुष्पा साह रहेका छन् । दुवै विद्यार्थीले ३.७१ जिपिए ल्याएर हिमालय दर्शन कलेजलाई प्रदेश एक भरिमै उत्कृष्ट स्थान दिलाएका हुन् । कोरोना कहरले आक्रान्त भएका बेला पनि कडा परिश्रम गरेर गौरवपूर्ण नतिजा दिलाउने दुवै विद्यार्थीलाई हिमालय दर्शन कलेजले अनुकूल समयमा विशेष सम्मान गर्ने क्याम्पस प्रमुख भरत सापकोटाले बताए ।
विराटनगरका प्रतिष्ठित कलेजहरू मेरिल्याण्ड र शिक्षादीपको संयुक्त लगानीमा सञ्चालित हिमालय दर्शन कलेजले अघिल्ला बर्षहरूमा पनि विभिन्न संकायमा बोर्ड दोस्रो, पाँचौ र छैटौं स्थान ल्याएको थियो। आइ टी, होटेल म्यानेजमेन्ट र म्यानेजमेन्ट अध्ययनका लागि हिमालय दर्शन कलेज प्रदेश एक भरिमै विद्यार्थीका लागि पहिलो रोजाइमा पर्दै आएको कलेजका निर्देशक शैलेन्द्र सिवाकोटीले बताए ।