पूर्वाञ्चल खबर
विद्यालय परिसरमा आयोजित समारोहमा विद्यार्थी, अभिभावक र शिक्षाप्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिका शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेलले पानसमा दीप प्रज्वलन गरी समारोहको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि ढुङ्गेलले वर्तमान समयमा विद्यार्थीहरूलाई केवल किताबी ज्ञान मात्र नभई गुणस्तरीय शिक्षाको साथसाथै व्यवहारिक सिप र संस्कारयुक्त शिक्षा दिनु आवश्यक रहेको बताए । उनले विद्यार्थीलाई असल नागरिक बनाउन विद्यालय र अभिभावक दुवैको भूमिका महत्वपूर्ण हुनेमा जोड दिए ।
स्कुलका प्रिन्सिपल त्रिलोचन गौतमले सगरमाथा स्कुलले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै भविष्यमा आत्मनिर्भर बन्न सक्ने गरी रोजगारमुखी शिक्षा प्रदान गर्दै अगाडि बढिरहेको बताए । त्यस्तै, भाइस प्रिन्सिपल रमणी रमन दवाडीले विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा विद्यालयले कुनै पनि कसर बाँकी नराखेको प्रतिबद्धता व्यक्त गरे ।
समारोहमा विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष त्रिथेन्द्र न्यौपानेलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सोही अवसरमा विद्यालयले नर्सरीदेखि कक्षा १२ सम्मका शैक्षिक सत्रमा उत्कृष्ट नतिजा ल्याई प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार, मेडल र प्रमाणपत्र वितरण गरेको थियो।
दिवसको अवसरमा विद्यार्थीहरूले विभिन्न नेपाली लोक तथा आधुनिक गीतहरूमा आकर्षक नृत्य र गायन प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको प्रतिभाले दिनभरि नै कार्यक्रममा उल्लास छाएको थियो।