पूर्वाञ्चल खबर
कर्णलाई झापाको अर्जुनधारा नगरपालिका–११ स्थित जंगबीर गुभाजू श्रेष्ठ प्रतिष्ठानले एक कार्यक्रमकाबीच पुरस्कृत गरेको हो । कर्ण प्रेस सेन्टर मोरङ अध्यक्ष तथा मकालु टिभिका सम्बादाता हुन् ।
अर्जुनधाराको बुट्टाबारीस्थित प्रतिष्ठान परिसरमा आयोजित १५ औं साधारण सभाकाबिच कर्णलाई सो पुरस्कार समर्पण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि त्रिफला राष्ट्रिय पुस्तकालय, धुलाबारीका अध्यक्ष प्रेम प्रकाश फलारी र आयोजक संस्थाका अध्यक्ष बाबुराम श्रेष्ठ ‘बर्षा’ लगायतले कर्णलाई दोसल्ला ओढाएर सम्मानपत्र तथा नगद सहित पुरस्कृत गरे । पुरस्कारको राशि नगद १२ हजार रुपैयाँ रहेको छ । दुई दशक बढी समयदेखि सक्रिय पत्रकारिता मार्फत सामाजिक रुपान्तरणमा योगदान पु¥याउँदै आएकाले कर्णलाई पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले बताए ।
प्रतिष्ठानले यस वर्षको ‘हरिनारायण–विष्णुमाया श्रेष्ठ बाल साहित्य पुरस्कार’ पश्चिम बंगाल दार्जिलिङकी साहित्यकार विमला प्रधान जोशीलाई प्रदान गरेको छ । नेपाली भाषा साहित्यको विकासमा पु¥याएको योगदानको कदरगर्दै जोशीलाई सो पुरस्कार प्रदान गरिएको आयोजक समितिले जनाएको छ । उक्त पुरस्कारको राशि नगद १५ हजार छ ।
कार्यक्रमकै बिच कक्षा १२ का मेधावी विद्यार्थी प्रदीप श्रेष्ठलाई नगद ५ हजार सहित पुरस्कृत गरिएको थियो भने ज्येष्ठ नागरीकहरु विराटनगरका
नरबहादुर।खड्का,अर्जुनधारा–९ का तिलरुपा श्रेष्ठ र कन्काई नगरपालिका,सुरुङ्गाका बिष्णुमाया श्रेष्ठ सहित ९ जनालाई समेत सम्मान गरिएको थियो । पुरस्कृत सबैलाई कार्यक्रमका प्रमुख अतिथि फलारी र अध्यक्ष श्रेष्ठ सहित आमन्त्रित अतिथिगणले कदरपत्र तथा दोसल्ला सहित सम्मानित गरे ।सोहि अवसरमा प्रतिष्ठानको स्मारिका समेत विमोचना गरिएको थियो ।