खबर पूर्वाञ्चल
सुनसरीबाट १२ हजार ३७५ किलो, मोरङबाट ६ हजार ६५० किलो, धनकुटाबाट ४ हजार १९४ किलो, उदयपुरबाट १ हजार ८१० किलो र झापाबाट १ हजार ६५१ किलो गाँजा बरामद भएको छ। अभियानमा संलग्न १८९ जना पक्राउ परेका छन् ।
गाँजा ओसारपसारका लागि एम्बुलेन्स, नक्कली सरकारी नम्बर प्लेट, तरकारी गाडी र जमिनमुनि लुकाउनेजस्ता तरिका प्रयोग भए पनि प्रहरीको विशेष सूचनाअनुसारका कारबाहीले ती प्रयास विफल भएका छन्।
कारबाहीका क्रममा १०६ सवारीसाधन नियन्त्रणमा लिइएको छ। प्रहरीका अनुसार २ हजार ४६४ रोपनी क्षेत्रमा लगाइएका गाँजा खेती पनि नष्ट गरिएको छ।