animated ellipse animated ellipse

ट्रयाक्टर दुर्घट्ना हुदा एक जनाको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ फाल्गुन २०७७, शनिबार १२:५९
387
Shares
विराटनगर / सुनसरी ईटहरी ३ का १८ बर्षीय गजेन्द्र राईको ट्रयाक्टर दुर्घट्नामा परी मृत्यु भएको छ ।

मोरङ केराबारी ५ स्थित भित्रि सडकखण्डमा ट्रयाक्टर दुर्घट्ना हुदा राईको आज बिहान मृत्यु भएको हो । को २ त ५५०० नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई सह चालक राई गम्भिर घाईते भएका थिए । घाईते राईको धरान घोपामा उपचारको क्रममा विहान ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ट्रयाक्टर र चालक ईटहरी ३ का २७ बर्षीय राम दर्जी नियन्त्रणमा रहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर