animated ellipse animated ellipse

क्षेत्रको विकासका लागि मेरो उम्मेदवारी – ढकाल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ कार्तिक २०७९, शनिबार १८:१६
117
Shares
विराटनगर/ नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ४ मा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद ढकालले क्षेत्रको विकासका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् ।

चुनावी अभियानका क्रममा कटहरी–१ महेशपुरको टोल भेलालाई सम्बोधन गर्दै ढकालले मोरङ क्षेत्र नं. ४ का स्थानीयको विकासको अपेक्षा धेरै भएकाले त्यसलाई पूरा गर्न आफु उम्मेदवार बनेको बताए । नेकपा एमाले विकास र समृद्धिका लागि चुनावी अभियानमा होमिएको बताउँदै उनले आफु एमालेको उम्मेदवार भएकाले यस क्षेत्रका नागरिकको अपेक्षा पूरा गर्ने बताए । विकासको गतिमा पछाडि परेको यस क्षेत्रको विकासका लागि आफुले सक्दो पहल र प्रयास गर्ने बताए ।

विगतका जनप्रतिनिधिले यस क्षेत्रको विकासमा लागि जनचाहना अनुरुप काम गर्न नसकेको आरोप लगाउँदै ढकालले आफु यस क्षेत्रबाट चुनिए संघिय सरकारका नीति तथा कार्यक्रममा यस क्षेत्रलाई समेटने र यस क्षेत्रको विकासका लागि पर्याप्त बजेट विनियोजन गर्न भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा मोरङ ४ (२)का लागि प्रदेशसभा सदस्यका उम्मेदवार जीवन घिमिरेले अघिल्लो कार्यकालमा आफु सामाजिक विकास मन्त्री हुँदा यस क्षेत्रमा गरेका कामको चर्चा गर्दै अधुरा काम पूरा गर्न एमालेलाई जिताउनुपर्ने बताए । अघिल्लो पटक विश्वास गरेर जिताएकोमा धन्यवाद दिदै अधुरा काम पूरा गर्न आफुलाई जिताउने उनले विश्वास व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर