पूर्वाञ्चल खबर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरणअनुसार कोरोना संक्रमणबाट एकै दिन ५३ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ८ हजार ४१८ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ३१५ जनाको नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कोभिड संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ भने ३ हजार ३७० जना निको भएसँगै देशभरबाट २ लाख ९८ हजार ७६५ जना संक्रममणमुक्त भएका छन् ।