हाम्रो लडाइँ प्रधानमन्त्रीका लागि हैन : दाहाल

खबर पूर्वाञ्चल, १२ असार २०७८, शनिबार १८:४४
फाइल तस्वीर

काठमाण्डौ / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफूहरुको लडाइँ प्रधानमन्त्रीका लागि नभएर संविधान र लोकतन्त्र रक्षाका लागि भएको बताएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा आज आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा दाहालले अहिले कसैलाई प्रधानमन्त्री बन्न हतारो नभएको बताए । ‘शेरबहादुरजीको दायाँबायाँ माधवजी र म छौं । हामीले नै देउवाजीलाई तपाईं उभिन पर्यो भनेको यो पटकलाई । यहाँ प्रधानमन्त्रीको हतारो कसैलाई छैन । हाम्रो लडाइँ प्रधानमन्त्रीका लागि होइन । यो पटक हामी कोही पनि प्रधानमन्त्री हुन पाए, सरकार छिटो बनाउन पाए भन्ने हैन’ उनले भने, ‘संविधानमाथि निर्मम ढंगले प्रहार भइराखेको छ ।

देशलाई अराजकता, संविधानहिनताको भूमिरीमा हाल्ने दुष्प्रयास भइराखेको देखियो । त्यसबाट यो संविधानको रक्षा गर्नैपर्ने देखियो नत्र बर्बाद हुन्छ भन्ने चिन्ताको साथ लागिराखेका छौं ।’मुद्दामा आधारित भएर गठबन्धन बनेको भन्दै दाहालले लामो समयसम्म अघि बढ्ने दाबी गरे । ‘यो गठबन्धन मुद्दामा आधारित भएर बनाएको हो । कुनै स्वार्थवस् हैन ।

अब यो संविधान कसैले दायाँबायाँ बनाउन सक्दैन भन्ने परिस्थिति बनाउने हो,’ उनले भने । सर्वाेच्च अदालतले लोकतान्त्रिक मूल्य–मान्यता र संविधानअनुसार फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको दाहालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५