AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पुराना मुद्रण व्यवसायी श्रेष्ठसहित चारजना सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ कार्तिक २०७८, शनिबार १९:०५
324
Shares
विराटनगर / नेपाल मुद्रण उद्योग संघ मोरङले पुराना मुद्रण व्यवसायी र मुद्रण श्रमिकलाई सम्मान गरेको छ ।

चौथो अधिवेशनको अवसर पारेर संघले विराटनगरका पुराना मुद्रण व्यवसायी वल्लभकुमार श्रेष्ठ, चिरञ्जीवी भण्डारी तथा मुद्रण श्रमिक कुञ्जीलाल मुडियारी र नथु दासलाई सम्मान गरेको हो । उनीहरुलाई कार्यक्रममा प्रमुख अतिथि नेपाल मुद्रण उद्योग महासंघका पूर्व केन्द्रीय अध्यक्ष माधव केसी, मोरङ अध्यक्ष लवकुमार घिमिरे, पूर्वअध्यक्ष कृष्ण अधिकारीलगायतले दोसल्ला ओढाएर सम्मानपत्र र नगद समर्पण गरेका थिए ।

सम्मानपत्रसहित जनही ५ हजार १ सय रुपैयाँ नगदसमेत प्रदान गरिएको थियो । त्यस्तै संघमा आबद्ध नयाँ सदस्यहरू र संघको भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा महासंघका पूर्वअध्यक्ष केसीले कच्चापदार्थ र तयारी वस्तुको एउटै भन्सार दर हुँदा मर्कामा परेको मुद्रण व्यवसायीले गुनासो गरे । उनले मुद्रण व्यवसायीका समस्याहरू अन्य व्यावसायिक संघ संस्थासँग सहकार्य गरेर हल गर्नुपर्ने धारणा राखे । कार्यक्रममा मोरङ व्यापार संघका महासचिव अनिल साह, विराट व्यापार संघका अध्यक्ष सुजन थापा, जिल्ला घरेलु उद्योग संघ मोरङका अध्यक्ष चेतन निरौलालगायतले मुद्रण उद्योगले भोग्नु परेका समस्या सहकार्यको माध्यमबाट समाधान गर्न आफूहरू पनि साथ दिन तयार रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर