AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

इन्डो–नेपाल क्रिकेट प्रतियोगितामा विजयी हुँदै भागलपुर अन्तिम आठमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ माघ २०८२, बिहीबार १८:४३
153
Shares
विराटनगर । प्रशान्त क्रिकेट क्लव जोगवनीको आयोजनामा भएको अमन मिश्र मेमोरियल इन्डो–नेपाल क्रिकेट प्रतियोगितामा विजयी हुँदै भागलपुर अन्मित आठमा प्रवेश गरेको छ ।

आज भएको खेलमा विराटनगर क्रिकेट क्लवलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै भागलपुर अन्तिम आठमा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरको खेलमा १० ओभरमा सवै २० रनको झिनो स्कोर बनायो । विराटनगरका कुनै पनि ब्याटरले दोहोर अंकलाई छुन सकेनन् । भागलपुरका प्लेयर अफ म्याच अमितकुमार गगन ४ विकेट लिँदा कुन्दन निशादले पनि ४ विकेट लिए ।

३१ रनको झिनो लक्ष्य पाएको भागलपुरले २० बलमा विना विकेट क्षतिमा सो लक्ष्य पार गरेको छ । भागलपुरका राजा विशालले सर्वाधिक अविजित २२ रन बनाउँदा रिशव दिपकले अविजित ७ रन बनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर