ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रासस वार्षिकोत्सव समारोहमा तीन पूर्व कर्मचारी सम्मानित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ फाल्गुन २०७९, शनिबार १७:५४
198
Shares
विराटनगर / राष्ट्रिय समाचार समिति(रासस)को ६२ औं वार्षिकोत्सवको उपलक्ष्यमा आज विराटनगरमा आयोजित कार्यक्रममा राससका तीन जना पूर्व कर्मचारीलाई सम्मान गरिएको छ ।

सम्मानित हुने कर्मचारीहरुमा टेकनाथ दाहाल, कमलबहादुर ठकुरी र कृष्णप्रसाद वाग्ले रहेका छन् । उनीहरु तीनै जना राससका सेवानिवृत्त कर्मचारी हुन् ।

नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका अध्यक्ष लिलावल्लभ घिमिरेले पूर्व कर्मचारीहरुलाई सम्मान गर्दै रासस निकै परिपक्व संस्था भएकाले यसले आफ्ना सेवालाई अझ प्रभावकारी बनाउँदै लैजानु पर्ने बताए ।

सो महासङ्घका प्रदेश महासचिव विवेक गौतम र प्रेस चौतारी नेपालका केन्द्रीय सचिव विक्रम लुईटेलले रासस सेवामा सबैको पहुँच पु¥याउन व्यवस्थापन पक्षले ध्यान दिनुपर्ने सुझाव दिए । राससका पूर्व सञ्चालक समितिका सदस्य दयाराम दाहाल, नेपाल महासङ्घ मोरङ शाखाका अध्यक्ष सञ्जीव खनाल, वरिष्ठ पत्रकार यज्ञराज शर्मा र नेपाल प्रेस यूनियनका केन्द्रीय उपमहासचिव अभयकुमार राईले राससले पस्किने सेवामा जिल्ला समाचारदाताहरुको महत्वपूर्ण योगदान रहने गरेकाले उहाँहरुको श्रमको सम्मान हुनुपर्ने बताए ।

रासस प्रदेश १ कार्यालयका प्रमुख मोहम्मद सदरुलको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रेस चौतारी नेपाल प्रदेश अध्यक्ष अविजाल विष्ट, प्रेस सेन्टर नेपालका प्रदेश अध्यक्ष विनोद घिमिरे र संसदीय पत्रकार मञ्चका संयोजक गणेश लम्सालले रासस सरकारको नभएर नागरिकको संस्था हुनुपर्ने विचार राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर