खबर पूर्वाञ्चल
मुख्यमन्त्री राईले मुख्यमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयको सभाहलमा आज नामकरणको लागि आयोजित सर्वदलीय वैठकको शुभारम्भ गर्दै उनले चेतना र सङ्ख्याको हिसावले प्रदेश अग्रणी भएपनि प्रदेशको नाम अव पनि नटुङ्याए लाज हुने बताए । उनले भने, ‘अब हिउँदे अधिवेशन र वर्षे अधिवेशन दुईवटा मात्रै भएको कारण अब ढिला नगरौं, मौकालाई नगुमाउँ । जनताको अपेक्षा र आवश्यकताले पनि छिटो गर्नुपर्नेछ ।’
पार्टीको निर्देशन अनुसार नै पार्टीको धारणा लिएर नै संसदमा भूमिका सांसदहरूले खेल्ने भएको कारण पार्टीसहितको छलफल राखेको मुख्यमन्त्री राईले बताए । सरकारको कार्यकाल अत्यन्त छोटो रहेको र प्रदेश सभाको दुईबटा अधिवेशन मात्र बाँकी रहेकोले समय थोरै रहेकोले आम जनताको माग, सवाल र चाहना एवं कामको सिलसिलामा पनि अप्ठ्यारा रहेकोले नामलाई चाँडै सहमती कायम गरीे टुङ्याउनु पर्नेमा जोड दिए ।
मुख्यमन्त्री राईले मुलुकको विभिन्न राजनीतिक परिवर्तनको घटनाकममा प्रदेशको ठूलो भूमिका रहेको छ भन्दै विवादहिन र अन्योता हटाइ नामाकरणमा एकजुट हुन सवैलाई आग्रह समेत गरे ।
गम्भिरता एवं जिम्मेवारपूर्वक नाममा टुङ्याउन पर्नेमा जोड दिदै मुख्यमन्त्री राईले पहिचान , भूगोलको पहिचान र मिस्रित पहिचानका सम्वन्धमा तीन नामका बिषयमा अन्त्यन्त ललिचो भएर सहमतीका आधारमा दलहरुले आफ्नो दायित्व ठानेर छलफल गरी नामको टुङगाउनु पर्ने बताए ।
मुख्यमन्त्री राईले वहुदलीय व्यवस्थाको मूल मर्म भनेको सहकार्य एवं आवश्यक लचकता भएको चर्चा गर्दै दलहरुले आवश्यक्ता परेमा संयन्त्र गठन गरी नियमित छलफल गरी नाममा सहमती कायम गर्न सबैदललाई आग्रह गरे ।