AArya
animated ellipse animated ellipse

पत्रकार देवानमाथि आक्रमण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ मंसिर २०८०, शुक्रबार ०८:०४
522
Shares
विराटनगर । विराटनगरका पत्रकार प्रेम देवानमाथि आक्रमण भएको छ ।

बिहीबार दिउँसो विराटनगर महानगरपालिकामा बाहिर अज्ञात समूहले आक्रमण गरेका हुन् ।

विराटनगर–७ सातघुम्तीमा बुधवार भएको आगलागी नियन्त्रणमा स्थानीय सरकारको भूमिका कमजोर भएको भन्दै पीडित पक्षले गरेको आन्दोलनमा समाचार सङ्कलनका लागि पत्रकार देवानलाई बोलाएका थिए । फेशबुक स्टाटसको विषयलाइ लिएर उनलाई आक्रमण गरिएको पत्रकार देवानले बताए । ‘आन्दोलनको समाचार लेख्न बारम्बार फोन गरेर बेलाए । त्यसपछि विराटनगर महानगरपालिका बाहिर पुगेका थिए । समाचार सङ्कलन गर्न पुगेपछि अज्ञात समूहले आफुमाथि आक्रमण भयो,’ उनले भने । आक्रमणबाट पत्रकार देवाको बाँया हातमा चोट लागेको छ ।

आक्रमण गर्ने विरुद्ध पत्रकार देवानले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका छन् । उजुरी दिएपछि मोरङ प्रहरीले पत्रकार देवानलाई आक्रमण गर्नेलाई खोजी कार्य जारी राखेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।

यसैबीच पत्रकार देवानलाई आक्रमण गर्नेलाई कारवाही गर्न पत्रकार सम्बद्ध संघसंगठनहरुले माग राखेका छन् । नेपाल पत्रकार महासंघ, प्रेस यूनियन, प्रेस चौतारी, प्रेस सेन्टर, नेपाल आदीवासी जनजाति महासंघ मोरङलगायत विभिन्न संघसगठनहरुले पत्रकार देवानलाई आक्रमण गर्नेलाई पक्राउ गरि कारवाहीको लागि माग राखेका हुन् ।

‘पत्रकारले कुनैपनि घटनाको विषयमा लेख्ने, रिपोर्टिङका लागि छायाङ्कन गर्ने तथा अन्तरर्वाता लिने स्वतन्त्रता संविधानले नै दिएको छ । संविधान प्रदत्त काम गर्ने क्रममा कानून हातमा लिएर कुटपिटमा उत्रिने र लछारपछार गर्ने काम निन्दनीय छ । समाचार लेखेकै कारण पत्रकार देवानमाथि भएको आक्रमणलाई फोनिजले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन्को रूपमा लिएको छ,’ जारी विज्ञाप्तीमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर