AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सिरुवा जस्तो मौलिक पर्वको संरक्षण र सम्बर्धन गर्दै सबै जातजाति धर्म संस्कृतिको पहिचान स्थापित गर्छ : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ बैशाख २०८२, मंगलवार ०७:०१
126
Shares
विराटनगर/कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार सबै मौलिक संस्कृतिक चाडपर्व र परम्पराको संरक्षण सम्बर्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

सिरुवा पर्वको अवसरमा शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले सिरुवा जस्तो मौलिक पर्वको संरक्षण र सम्बर्धन गर्दै सबै जातजाति धर्म संस्कृतिको पहिचान स्थापित गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका हुन् । नेपालका विभिन्न समुदायले महत्त्वपूर्ण चाडको रूपमा मनाउँदै आएको सिरुवा पर्वले एकआपसमा एकतामा बाँध्दै समन्वय, सहकार्यका माध्यमबाट अघि बढ्न प्रेरित गर्ने मुख्यमन्त्री कार्कीले बताए।

कोशी प्रदेश एवं देशविदेशमा रहेका नागरिकहरूमा शुभकामना दिँदै कार्कीले कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाउँदै गर्दा यस्ता मौलिक पर्वहरूले देशविदेशमा रहेकाहरुलाई समेत आकर्षित गर्ने उल्लेख गरे। नेपाल बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीयमुलुक भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले यसमा हुर्किएको सिरुवा पर्वले हामीलाई सत्मार्गमा हिँड्न प्रेरणा दिने समेत बताए ।

मुख्यमन्त्री कार्कीले हाम्रा भाषा ,धर्मसंस्कृति ,रितिरिवाज परम्परा र संस्कारलाई जगेर्ना गर्दै अगाडि बढ्न सकेमा मात्र ‘ समृद्ध नेपाल सुखी नेपाली,को राष्ट्रिय आकांक्षा पूरा गर्न सकिने समेत उल्लेख गरे। नेपालको तराईका विभिन्न जिल्लामा बस्ने समुदायले सिरुवा पर्वलाई विशेष पर्वको रूपमा मनाउने गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर