AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

खेलकुदमा राजनीतिक नियुक्ति नरोकिए ‘जेनजी विद्रोह’ गर्ने चेतावनी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ आश्विन २०८२, बिहीबार १८:२५
225
Shares
विराटनगर / खेलकुद क्षेत्रमा हुँदै आएको राजनीतिक भागबन्डा र अयोग्य कार्यकर्ताको नियुक्ति तत्काल बन्द गर्न विराटनगरका खेलकर्मीहरूले कडा चेतावनी दिएका छन्।

उनीहरूले यदि यस्तो क्रम नरोकिएमा देशभरका ‘जेनजी खेलाडी’ हरूलाई गोलबन्द गर्दै सम्पूर्ण खेल गतिविधि बहिष्कार गर्ने र सडकबाटै विद्रोह सुरु गर्ने घोषणा समेत गरेका छन्।

आज विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै कराते महासंघ कोशीका सचिव तथा अन्तर्राष्ट्रिय खेलाडी राम लिम्बूले पार्टीको झोला बोक्ने कार्यकर्ताका कारण खेलकुद क्षेत्र तहसनहस भएको आरोप लगाए। ‘अब खेलाडीहरू चुप लागेर बस्दैनन्,’ लिम्बूले भने, ‘जेनजी आन्दोलनले भ्रष्टचारको दिन सकिएको सन्देश दिएको छ। अब खेलकुदमा पनि शुद्धीकरण आवश्यक छ।

कोशी प्रदेश खेलकुद विकास बोर्ड होस् वा जिल्ला खेलकुद विकास समिति, सबैतिर खेल बुझेका पूर्वखेलाडीलाई नियुक्ति गरियोस्, नत्र हामी बहिष्कारको अभियान सुरु गर्छौं।’

कार्यक्रममा सहभागी खेलाडी तथा खेल अगुवाहरूले राजनीतिक स्वार्थका कारण क्षमतावान खेलाडीहरू पलायन हुनुपर्ने र खेल पूर्वाधारहरू जीर्ण बन्ने अवस्था आएकोमा आक्रोश व्यक्त गरे। उनीहरूले प्रदेश र संघ सरकारलाई योग्यता र योगदानको आधारमा मात्र नियुक्ति गर्न माग गर्दै अन्यथा यसले खेल क्षेत्रमा दीर्घकालीन क्षति पुर्‍याउने बताए।

सोही अवसरमा खेलाडीहरूले हालैको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरूको सम्झनामा दीप प्रज्वलन गर्दै उनीहरूको बलिदानलाई खेलकुद सुधारको अभियानसँग जोड्ने प्रतिबद्धता जनाएका थिए। यो चेतावनीले खेलकुद क्षेत्रभित्र लामो समयदेखि थुप्रिएको असन्तुष्टि अब विद्रोहको तहमा पुग्न सक्ने संकेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर