AArya
RUMPUM
animated ellipse animated ellipse

पत्रकार निरौला र सरदार पुरस्कृत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ चैत्र २०७९, सोमबार १७:०४
99
Shares
विराटनगर / पत्रकार कल्याण कोष मोरङले दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ ।

नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष तथा बिबिसी नेपाली सेवा र उद्घोष दैनिकका समाचार सम्पादक विक्रम निरौला र महासंघ कार्यसमिति सदस्य उषा सरदारलाई आज एक कार्यक्रमबीच कोषले पुरस्कृत गरेको हो ।

सिर्जनशील पत्रकारिता पुरस्कारबाट निरौलालाई सम्मान गरिएको छ । उनलाई ५१ हजार १५१ रुपैयाँ नगदसहित पुरस्कृत गरिएको छ भने उदीयमान पत्रकारिता पुरस्कारबाट सरदारलाई पुरस्कृत गरिएको छ । उनलाई ३१ हजार १५१ रुपैयाँ पुरस्कारले सम्मान गरिएको छ । सरदार मकालु टिभीकी संवाददाता समेत हुन् । पुरस्कृत दुवै जनालाई कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे । कोषले हरेक वर्ष मोरङमा सक्रिय पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर