animated ellipse animated ellipse

विराटनगरका छ जना पत्रकार कोरोना मुक्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ भाद्र २०७७, बिहीबार २०:०९
1.18k
Shares
विराटनगर / विराटनगरका कोरोना संक्रमित छ जना पत्रकारले कोरोनालाई जितेर घर फर्किएका छन् ।

कोरोना मुक्त भएका पत्रकारलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विदाई गरेका थिए । कोरोना संक्रमण मुक्त हुने मध्ये पाँच जना पत्रकार एउटै सञ्चार गृहका छन् । उदघोष दैनिकका सम्पादक मोहन भण्डारीसहित कमल रिमाल, संजीव खनाल, बाबुराम भण्डारी, जितेन्द्र नारायण ठाकुर र दिनेश साह कोरोना मुक्त भएका हुन् ।

संक्रमण मुक्त भएका भण्डारी र खनाल होम आइसोलेसनमा थिए । अन्य चारजना बैजनाथपुर होल्डिङ आइसोलेशनमा बसेका थिए । आइसोलेशनबाट पत्रकारसहित अन्य १८ जनालाई विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले विदाई गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर