AArya
RUMPUM
animated ellipse animated ellipse

कोशीको आइसोलेशनमा बेवारिसे पुरुषको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ भाद्र २०७७, शुक्रबार १५:०७
1.45k
Shares
विराटनगर / कारोनासँग मिल्दो लक्षण भएका एक जना बेवारिसे पुरूषको विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको छ ।

धनकुटाको भेरीगाउँपालिका ३ घर बताउने ५० वर्षिय पुरूषको आज बिहान अस्पतालको आइसोलेशनमा मृत्यु भएको हो ।

खोकी, ज्वरो र छाती दुखेपछि मोरङको पथरी बजारबाट स्थानिय र प्रहरीले एम्बुलेन्समा राखेर विहिबार राती कोशी अस्पतालमा ल्याएको थियो । अस्पतालको आइसोलेशनमा राखेर उपचारको क्रममा मृत्यु भएको अस्पतालका सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । मृतक पथरी बजारमा लामो समयदेखि बेवारिसे भइ हिडडुल गर्दै आएका थिए । विरामी भएपछि स्थानिय प्रहरीले उद्धार गरि अस्पताल पठाएको थियो ।

एम्बुलेशनले अस्पतालको गेटमा छोडेर हिडेपछि विरामीलाई आइसोलेशनमा राखेर उपचार गरिएको मेसु दासले बताए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकोले स्वाब संकलन गरेर प्रयोगशाला पठाएको उनले बताए । मृतकको रिपोट भने आइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर